२०७६ मंसिर १

बिकास र समृद्धि अहिलेको मुख्य एजेन्डा : मुख्यमन्त्री पोखरेल

Mahesh Bohara २०७६ भाद्र ११

बिकास र समृद्धि अहिलेको मुख्य एजेन्डा  : मुख्यमन्त्री पोखरेल


तिलाचन पाण्डे
भदौ 11, 2076 गुल्मी: प्रदेश नं 5 का मुख्यमन्त्री शंकर पोखरेलले विकास र समृद्धि अहिलेको मुख्य एजेण्डा भएको बताएका छन् बुधबार गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाको नबनिर्मित भबनको उदघाटन गर्दै पोखरेलले नेपाललमा संघियता आइसकेपछि आमुल परिवर्तन भएकोले देश विकासको बाटोमा अगाडि बढेको दाबी गरे युवाहरुलाई कृषिमार्फत रोजगारि सिर्जना गर्ने, तीन बर्ष भित्र आधारभुत खानेपानी पुर्याउने, 9 0 प्रतिशत अनुदानमा सोलार बितरण गर्ने लगायतका योजना रहेको जानकारी दिए त्यसका साथै उनले तम्घास सालझण्डी तम्घास सडक, स्थानीय तहको केन्द्रदेखि वडा कार्यालयसम्म पुग्ने मोटर बाटो पिच गर्ने जिम्मा प्रदेश सरकारले लिएको बताए आगामी बर्ष जेठ मसान्तसम्म सबै आयोजना सम्पन्न गर्ने, आर्थिक बृद्धि दर र प्रतिव्यक्ति आय उच्च गराउने, कृषि र उधोग मार्फत प्रदेशलाई समृद्ध बनाउने लगायतका योजना रहेको बताए
सबैभन्दा धेरै कानुन प्रदेश पाँचले बनाएको, विकास खर्च सबैभन्दा धेरै गर्न सफल भएको लगायतका काम गरेको दाबी गरे । 
 धुर्काेट गाँउपालिकाको भवन 1 करोड 35 लाखको लागतमा निर्माण सम्पन्न भएको हो। आव 2074। 75 मा सुरू भएको भवन निर्माण कार्य आव 2075,76 मा सम्पन्न भएको गाँउपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस्