२०७६ जेष्ठ १२

सर्वोच्च अदालतको २८ औं प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबरा।

रामकृस्ण कंडेल २०७५ पुष १७

सर्वोच्च अदालतको २८ औं प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबरा।

काठमाडौं, १७ पुस । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमशेर जबराको नाम अनुमोदन गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमशेर जबरालाई अनुमोदन गरेको हो ।

मंसिर २७ गते बसेको संवैधानिक परिषद्काे बैठकले जबरालाई भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

संसदीय विशेष समितिमा राणाका नाममा नौ वटा उजुरी परेका थिए । राणाले आज आफूमाथि परेका उजुरी र सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिएका थिए ।

राष्ट्रपतिसँग शपथ लिएपछि उनी सर्वोच्च अदालतको २८ औं प्रधानन्यायाधीश बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png