२०७६ मंसिर १

पूर्व सांसद रुद्रमणि शर्मा भण्डारीको अन्त्यस्टी आज गरिदै

दुर्घटना खवर २०७५ चैत्र २९

पूर्व सांसद रुद्रमणि शर्मा भण्डारीको अन्त्यस्टी आज गरिदै

रामकृस्ण कंडेल, चैत२९

गुल्मी जिल्लाका पूर्व सांसद रुद्रमणि शर्मा भण्डारीको श्रद्धाञ्जली र अन्त्यष्टिमा पार्टी सभापति शेर बहादुर देउवा, पार्टीका बरिस्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोईराला, केन्द्रिय सदस्य डा.चन्द्र भन्डारी लगायत पार्टीका केन्द्रिय नेता हरू समेत शहभागी हुनुहुने गुल्मी कॉग्रेसले जानकारी दिएको छ।

 यसैगरी उहाँको अाज हुने अन्तिम दाहसंस्कारमा श्रद्धाञ्जली दिन श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्री गाेकर्ण विष्ट पनी शहभागी हुने बताईएको छ।

 मालिका गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु 1 ज 1 9 57 नम्बरको जीप मुसिकाेट नगरपालिका -१ पाैदीअमराईमा हिजो दुर्घटनामा परेको हो। दुर्घटनामा परी पूर्वसांसद रूद्रमणि भण्डारी र ओस्कर बिकको घटनास्थलमै मृत्यु भयो भने उपचारको क्रममा मालिका२की२६वर्षकी कौशिला थापाको निधन भएकाे छ।जीप सडकबाट १सय मिटरभन्दा तल खसेकाे थियो। अन्य७जनालाई थप उपचारको लागि पाल्पा प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा ऊपचार भई रहेको र सबै घाईते हरू मालिका गॉऊपालिका, गुल्मीको रहेको अस्पतालले जानकारी दिएको छ।

   नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा, सरल स्वभावका धनी, प्रजातान्त्रिक मुल्य र मान्यतामा अविचलित, नैतिकवान व्यक्तित्व पुर्व सांसद रुद्रमणी भण्डारी, अोस्कर बिक र कोशिला थापाको दुखद निधनले सिड०गो गुल्मी जिल्ला शोकमा डुबेको छ।

प्रतिक्रिया दिनुहोस्