२०७६ बैशाख ७

कांग्रेस पार्टीको कमजोर अबस्था देख्दा दुःख लागेर आउछ:चित्र के सी

जिवनको गोरेटोमा २०७५ माघ २४

कांग्रेस पार्टीको कमजोर अबस्था देख्दा दुःख लागेर आउछ:चित्र के सी

चित्र के सी को राजनितिक आरोह / अवरोह

बागलुङ जिल्लाको बिकट गाऊँ सल्यान गाबिस हाल बरेङ गाऊँ पालिका वार्ड नम्बर ४को एक किसान परिबार मेरो जन्म भएको थियो। बुबा पूर्ण बहादुर केसी र माता देउरूपा केसीको कोखबाट १०जना सन्तानको जन्म भयो। जस मध्ये हामी ५छोरा ५छोरी थियौ। एक छोराको २बर्षको उमेरमा निधन भयो।हामी ४भाई नै बिद्यालय तहको पढाईमा अब्बल थियौ; सधै प्रथम हुन्थ्यौ।बैनि पनि प्रथम द्वितिय हुने गर्थी तर४दिदीहरूले भने त्यो बेलाको समय र गाऊँमा खेती किसानी गर्नु पर्ने बाध्यताले पढ्न पाउनु भएन।

सामान्य कृषि गर्ने मेरा बुवा आमाले राजनीति गर्ने भन्ने त सबाल नै भएन तर हामी४ भाईहरू पढाईमा सबै प्रथम हुने र सानैदेखि सबै भाईहरूको राजनीतिमा अत्यन्तै रुचि राख्ने गर्थ्यौ।४भाई नै आफ्नो समय अनुसार शिक्षक पनि भयौं।ठूलो दाईले२०४०सालमा गुल्मीको शान्तिपूर स्कूलमा लगभग ७महिना र २०४३सालमा काठमांडौ महेन्द्र भवन कन्या स्कूलमा२बर्ष अध्यापन गर्नु भयो। माईलो दाइ हाल स्थायी शिक्षक हुनुहुंछ। साहिलो दाँईं (मनोज कुमार केसी) ले गाऊँकै सल्यान माबीमा पढाउनु भयो२बर्ष जति। 

मैले गुल्मीको हर्राचौर माध्यामिक बिध्यालयमा१९महिना अध्यापन पनि गरें।बैनिले पनि सोही स्कूलमा पढाऊने गर्थिन।२०६१सालमा काठमांडौको सतुङगलमा रहेको एसआर ड्रग्स भन्ने औषधि फ़्याकट्रीमा प्रशासन प्रमुख भएर लगभग९महिना जति काम गर्ने मौका पाएको थिए। राजनीति बिषयको कुरा तिर जाऊँ। नेपाली कांग्रेसले३०बर्षे पंचायत ब्यबस्था हटाऊँनको लागि देशभरि नै भूमिगतरूपमा संगठन गर्ने रे आन्दोलन पनि गरिराखेको थियो।२०४३सालमा मेरो आफनै गाऊँ सल्यानमा नेबीसंघको जिल्ला अधिबेसन गरियो। जगधिस चन्द्र उपाध्याय अध्यक्ष भए भने मेरो माहिलो दाई जिल्ला सदस्यमा चयन हुनु भयो। ठूलो दाई आइएससी अध्यन गर्न राजधानी जानु भएको थियो। त्यो समयमा म कक्षा५मा अध्यन गर्थें।

२०४६ सालमा नेपाली कांग्रेसले पंचायती ब्यबस्था हटाऊनको लागि निर्णयाक आन्दोलन गर्ने घोषणा गरेको थियो। म कक्षा८मा पढ्थें।नेपाल बन्द भन्ने पहिलो चोटी त्यहि बेला सुनेको हो। 

माहिलो दाईं, नेपाल बिधार्थी संघको जिल्ला सदस्य भएको हुदा प्रहरी खोजतलास गर्न एक साँझ घरमा आउने सुइको पाए पछि दाईंलाई प्रहरी घर आऊनु अग़ाबै एक जना फुपुको गोठमा लगेर लुकाइयो। 

मैले पनि त्यहि दिन स्कूलबाट घर आउने समयमा पूलमा बाटो भरि "पंचायती ब्यबस्था मुर्दाबाद" भन्दै जतासुकै लेखदै आएको थिए। घर आउदा प्रहरी, यति डर लागेन!

यहि क्रममा २०४६ चैत्र २६गते बहुदल घोषणा भयो। त्यसपछि म गाऊँ इकाईको नेपाल बिधार्थी संघको इकाई अध्यक्ष भए।२०४७ साल देखि २०५५साल सम्म। अनि उदय माध्यामिक बिद्यालय शान्तिपूरमा २०४७मा ईकाई सचिब र २०४८मा निर्बाचित इकाई अध्यक्ष भए।

2050 सालमा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, तानसेनमा आइए अध्यन गर्न आए। पाल्पा बहुमुखी कलेज अखिलको गढ थियो.नेबीसंघलाई चुनाब जित्न एकदम गारो थियो। स्वबियू निर्बाचनमा नेबिसंघबाट जम्मा एक जना अजय कर्मचार्यले मात्र चुनाब जितेका थिए। अहिले उनि पाल्पा कांग्रेसको सचिब छन भन्ने सुनेको छु। 2052 पछि उनि संग भेट भएको छैन।  

पाल्पा बहुमुखी कलेजमा अध्यन गर्दा म धौलागिरी समन्यव समितिको अध्यक्ष र कलेजको इकाई सचिब थिए।२०५१ सालमा जाडो बिदामा गाऊँ जादा राजनैतिक लड़ाईमा मुछीन पुगे। म लगायत हामी३ भाईलाइ सार्बजनिक मुद्दा लगाइयो।३५ दिन सम्म प्रहरीको पक्राउ पुर्जी मा परियो। पछि मुद्दा जितियो। प्रमुख जिल्ला अधिकारी दोलख बहादुर गुरुङ हुनुहुन्थ्यो।  त्यो बेला बल बहादुर के.सी. दाईले पनि सहयोग गर्नु भएको थियो। दाई (डा.  मन बहादुर के.सी.) चीनमा मेडिकल पढ्न जानु भएको थियो।

  म२०५३ सालमा बिए अध्यन गर्न त्रिचन्द कलेजमा भर्ना भए। गगन थापा बिएससीमा अध्यन गर्थे।२०५५ सालमा गगन थापालाई स्वबियू सभापति जिताऊन सहयोग गरियो। हुनत त्रिचन्द कलेज नेबीसंघको गढ थियो। नेबीसंघको४ प्यानल बिच प्रतिस्पर्धा गर्दा पनि जित नेबीसंघको नै हुने।२०५५ सालमा नै म नेपाल बिधार्थी संघ बागलुङ क्षेत्र नम्बर २को क्षेत्रीय अध्यक्ष भए।२०५६ सालको आमनिर्बाचनको लागि काठमांडौ बाट चुनाब प्रचारप्रसार र अभियानको लागि क्षेत्र नम्बर२ को २१गाबिस घूमीसके पछि मेरो नजिकको गाऊँ सुखौरामा२०५६ साल बैसाख ३०गते रास्ट्रिय जनमोर्चाको कार्यकर्ताले भौतिक आक्रमण गरि मेरो बायाँ ख़ुट्टा भाचियो। अनि हेलिकप्टर मार्फत पोखरा हुदै थप उपचारको लागि मलाई काठमान्डौ ल्याईयो।२०६१  सालमा देसमा चलिरहेको द्वन्दको  कारणले गर्दा नेपाल प्रहरीको अधिकृतको जागीर छोडेर युएइ आइपुगें।युएइ आइपुगे पछि२०१० मा नेपाली जनसम्पर्क समिति युएइको स्थापना गरि संस्थापक सभापति सहित दुई कार्यकाल जिम्मेवारि निभ्याउने अवसर पॉए। 

स्मरण रहोस- मेरो ठूलो दाई (डा०मान बहादुर के.सी.) राजनीतिमा कट्टर यति सक्रिय हुनुहुँथ्यो तर राजनीतिमा लागे पनि जीवनमा कुनै सदस्यमा बस्नु भएन। तर पार्टीलाई सहयोग र पंचायत बिरुद्द आन्दोलन गर्ने क्रममा४ दर्जन भन्दा बढि प्रहरीको जिम्मा मा पर्नु भयो। उहाँ राजनीति देखि आफ्नो मेडिकल क्षेत्रमा उत्तिकै नमूनायोग्य दख्ख्ल राख्नु हुन्छ। त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा२०५३ सालमा शुरूको नियुक्ति२ बर्ष सेवा गरि २०५५सालमा शहीद गंगालाल हृदयरोग केन्द्र बॉसबारीमा एकल संस्थापक डाक्टरको रूपमा काम गरि २०६८सालमा अस्पतालको कार्यकारी निर्देशकको रुपमा काम गर्दै२१ बर्षको लामो सेवा अबधि पसचात अहिले हयाम्स अस्पतालमा आफ्नो सेवा शुरू गर्नु भएको छ।

मेरो साहिलो दाँईं मनोज कुमार केसी (अहिले हुनुहुन्न) २०५५सालमा शंकरदेब कलेजमा स्वबियू निर्बाचनमा निर्बाचित हुनु भएको थियो भने 2004/05 तिर होला नेपाली जनसम्पर्क समिति बेल्जियमको अध्यक्ष समेत हुनु भएको थियो।२०६७ सालमा यूकेमा ३७बर्षको अल्पआयुमा दुखद निधन भयो। 

पार्टी संगठनको लागि हाम्रो परिबारले बिभिन्न समयमा योगदान गर्दै आएका छौ। अहिलेको समयमा आएर कांग्रेस पार्टीको कमजोर अबस्था देख्दा दुःख लागेर आउछ!

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png