२०७६ आश्विन २

गुल्मी समाज पोल्यान्डले पत्रकार कलश खरेल लाई उत्कृष्ट पत्रकारिताबाट सम्मान।

रामकृस्ण कंडेल २०७५ पुष १३

गुल्मी समाज पोल्यान्डले पत्रकार कलश खरेल लाई उत्कृष्ट पत्रकारिताबाट सम्मान।

नेपालको विभिन्न सन्चारमाध्यमा उत्कृष्ट पत्रकारिताबाट  निखारिएका  कलश खरेलले पोल्यान्डमा आएर पनि त्यो बियोलाइ जम्न दिएनन बरु शिखरमा पुराए।पछिल्लो समय पोल्यान्डको चर्चित मिडिया पोल्यान्ड नेपालको सम्पादकको रुपमा कार्यसम्पादन गर्दै आइरहेका खरेलले सत्यतथ्य खबरप्रबाहलाइ तेजस्वी बनाउदै लगेका छन।बिकृती-बिसङ्गतिलाइ उजागर गर्दै सामाजिक बिकासमा पहरेदारिको भुमिका गर्नु पर्छ भन्ने  मान्यताकासाथ पोल्यान्डमा पनि आम -नेपाली जनहितका खातिर कलम चलाइरहेका छन। दुरदर्शितालाइ उच्च प्राथमिकतामा राखेर कलम चलाउने  खरेल छोटो समयमै   पोल्यान्डमा चर्चाको शिखरमा पुग्ने उर्जाशिल पत्रकार हुन।उनको लेखाइ र रचनात्मक पत्रकारितालाई मध्यनजर गर्दै गुल्मी समाज पोल्यान्डले खरेललाइ भब्य सास्कृतिक कार्यक्रममा उत्कृष्ट पत्रकारिताबाट सम्मान गरेको छ।पुरस्कार ग्रहणपछि खरेलले पत्रकारिता प्रतिको निष्ठाबाट कत्तिपनी बिचलित नभई सत्यतथ्य एबम खोजमुलक खबर प्रबाहमा आफ्नो दक्षताले भ्याएसम्म कुनै कसर बाकी नराख्ने प्रतिबद्धता बेक्त गरे।उक्त अबसरमा खरेलले सम्मानबाट आफू उत्साही भएको यद्यपि चुनौती पनि उत्तिकै थपिएको बताए।खरेल नबगठीत नेपाल पत्रकार समिती पोल्यान्डका अध्यक्ष समेत हुन।

प्रतिक्रिया दिनुहोस्