२०७६ आश्विन २

बिधान नल्याईएको कारण बैठक हल भित्र असहज अबस्था श्रृजना भएको सॉचो हो:गुल्मी सभापति भुवन प्रसाद श्रेस्ठ।

नेपाली कॉग्रेस गुल्मीका जिल्ला सभापति भुवन प्रसाद श्रेस्ठ संग बिशेष-अन्तर्बार्ता। २०७५ पुष ३

बिधान नल्याईएको कारण बैठक हल भित्र असहज अबस्था श्रृजना भएको सॉचो हो:गुल्मी सभापति भुवन प्रसाद श्रेस्ठ।
 

काठमाडौँ । नेपाली काँग्रेसभित्र विधान संशोधन मस्यौदामा देखिएको विवाद चर्केर गएको छ । महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधान सम्बन्धि प्रतिवेदनमा काँग्रेस केन्द्रिय कार्य समितिमा अझै सहमति जुटन सकेको छैन । पार्टीको संस्थापन पक्ष र वरिष्ठ नेता पौडेल पक्षबीच सहमति नजुटेकै कारण सो प्रतिवेदन अझै महासमिति बैठकमा पेश हुन सकेको छैन।आजको महासमिति बैठकमा विधानको माग गर्दै नेतृत्व र केही प्रतिनिधिबीच झडपको अवस्था समेत सिर्जना भएको थियो।

बैठक हलमा झडप पश्चात स्थगित महासमिति बैठक लाई सुचारू गर्नका लागि नेपाली कॉग्रेस गुल्मीका पार्टि सभापति भुवन प्रसाद  श्रेस्ठले महत्वपूर्ण भूमिका निर्बाह गरेको देखियो।यस बारेमा काठमान्डौमा शुरूभएको महासमिति बैठकमा उपस्थित गुल्मी सभापति भुवन प्रसाद श्रेस्ठ संग नेपाल सन्देश डट कमका प्रधान सम्पादक रामकृस्ण कंडेलले राखेका जिज्ञॉसाहरूको मुख्य अंसहरू प्रस्तुत गरेका छौ:

नेपाल सन्देश:सभापति ज्यू,आजको महासमिति बैठकमा झडप भयो भन्ने सुनियो के हो सत्य तथ्य?

भुवन प्रसाद श्रेस्ठ:बिधान छलफलको लागि माग गर्दै बिधान नआए सम्म जिल्ला सभापतिहरू कोहि पनि नबोल्ने भन्ने हिजोको अडान पश्चात केन्द्रिय कार्य समितिको तर्फबाट हिजो महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधान सम्बन्धि प्रतिवेदन आज ल्याऊने सहमति भएको थियो।तर आज पनि बिधान नल्याईएको कारण बैठक हल भित्र असहज अबस्था श्रृजना भएको सॉचो हो।

नेपाल सन्देश:बैठक किन स्थगित भयो?

भुवन प्रसाद श्रेस्ठ:पार्टि सभापति शेरबहादुर देऊवा रिसाएको कारण बैठक स्थगित हुन पुग्यो।

नेपाल सन्देश:महासमिति बैठकमा देश बिदेश बाट ठुलो संख्यामा कॉग्रेस नेताहरूको जमघट छ।बैठक शुरू भएको यत्रो दिन सम्म के के गर्नु भयो त?

भुवन प्रसाद श्रेस्ठ:अहिले काँग्रेस नेतृत्व रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा जारी महासमिति बैठकमा सहभागी भएको छ।काँग्रेस महासमिति बैठकको बन्द सत्र जारी छ ।काँग्रेस महासमितिको बन्दसत्रमा राजनीतिक, आर्थिक, सांगठनिक र पार्टीको आयव्ययसम्बन्धि प्रतिवेदनमाथि छलफल भइरहेको छ।

नेपाल सन्देश:सभापतिज्यू,केन्द्रिय कार्य समितिको तर्फ बाट महासमिति बैठकमा छलफलको लागि मस्यौदा बिधान नल्याईनुको कारण केहो?

भुवन प्रसाद श्रेस्ठ:केन्द्रिय सदस्य र माननिय सभासदहरू सबै बुथ बाटै प्रतिधि हुदै निर्बाचित भई महाधिबेशनमा आऊनु पर्छ,आरक्षित र समानुपातिक सिट हरूमा एक ब्यक्ति एक पटक मात्र मनोनित हुनु पर्छ,पदाधिकारीहरूको मनोनित संख्या नबडाई निर्बाचनबाटै आऊनु पर्छ भन्ने जिल्ला सभापतिहरूको माग छ तर केन्द्रिय कार्य समिति यि कुराहरू मान्न चाहेको छैन तसर्थ आलटाल गरिएको हो।

नेपाल सन्देश:महॉसमिति बैठकमा अन्योल बड्यो,अब के हुन्छ,बताई दिनुहुन्छ की?

भुवन प्रसाद श्रेस्ठ:बैठक स्थगित भए लगत्तै उपसभापति बिमलेन्द्र निधी,महामन्त्रि पूर्ण बहादुर खड्का र ७प्रदेशबाट एक एक जिल्ला सभापति छुट्टै बस्यौ।भोली सॉझ सम्म मस्यौदा बिधान ल्याऊने र पर्सि बाट यसमा छलफल शुरू गर्ने सहमति भएको छ।

नेपाल सन्देश:कार्य ब्यस्तताको बाबजुद नेपाल सन्देश लाई दिनु भएको यस महत्वपूर्ण समय प्रति सभापतिज्यू लाई धन्यबाद दिन चाहान्छु।

भुवन प्रसाद श्रेस्ठ:हजुर र नेपाल सन्देश डट कम परिवार प्रति आभार ब्यक्त गर्दछु।जय नेपाल।

 

 

 

 
प्रतिक्रिया दिनुहोस्