२०७५ चैत्र १०

वामी सेवा समिति जापानको नव निर्वाचित कार्य समितिको पहिलो बैठक सम्पन्न।

रामकृस्ण कंडेल २०७५ पुष २३

वामी सेवा समिति जापानको नव निर्वाचित कार्य समितिको पहिलो बैठक सम्पन्न।

वामी सेवा समिति जापानको नव निर्वाचित कार्य समितिको पहिलो बैठक सस्थाका अध्यक्ष श्री कृष्ण प्रसाद सापकोटा को अध्यक्षतामा र महासचिब गोकुल खत्रीको संचालनमा साथै निबर्तमान कोषाध्यक्ष श्री टेक बहादुर भण्डारी,सल्लाकार श्री अर्जुन रायमाजी र सदस्य ईश्वरी सापकोटाको बिशेष उपस्थितिमा सम्पन्न भएको छ।टोक्यो शिबुईया  स्थित मनसुन रेस्टुरेन्टमा सम्पन्न बैठकले बिबिध बिषयमा महत्वपूर्ण निर्णय हरू गरेको छ। संस्थाको कार्यसमिति लाई एक्काईस सदस्यिय कार्यसमिति वनाउने निर्णय अनुसार वाकी चार सदस्यिय कार्यसमिति चयन गरिएको छ जसमा विभागीय जिम्वेवारी दिने गरी दिनेश सापकोटा (दिपु) यूवा तथा वित्तीय प्रमुख (सदस्य), अन्य सदस्य हरू ईश्वरी सापकोटा , प्रिन्सेस खरेल , सपना खरेल लाई चयन गर्ने,वरिष्ठ सल्लाहकार रोसन के.सी ,सुरेश के.सी,टिकाराम घिमिरे ,घनश्याम सापकोटा,रामलाल सापकोटा ,हरि प्रसाद खराल , टेक व.भण्डारी लाई सल्लाहकार समितिमा चयन गरिएको छ।कृष्ण प्रसाद सापकोटा (शर्मा ) दिलीप थापा , कृष्ण घिमिरे, विष्णु प्रसाद सापकोटा  , गोकुल खत्री ,होमलाल सापकोटा र महेन्द्र सापकोटा रहने गरि सचिबालय गठन गरिएको छ। 

     प्रोफ़ेसर डा. जीवलाल  सापकोटा ,  शारदा  शर्मा  (पौड्याल ), उज्वल ख़त्री र  कमल सापकोटा लाई कार्य समितिमा थप गरिएको छ।

     होमलाल सापकोटाको संयोजकत्वमा आर्थिक विभाग,गोकुल खत्रीको संयोजकत्वमा विरवल के.सी .चिरन्जिवि घिमिरे र प्रन्सेस खरेल रहेको सॉस्कृतिक बिभाग,दिलिप थापाको संयोजकत्वमा गोकुल खत्री  कृष्ण  धिमिरे र विरवल के.सी. रहेको प्राविधिक विभाग,कृष्ण प्रसाद सापकोटा को संयोजकत्वमा सदस्य दिलिप थापा ,कृष्ण  घिमिरे, विष्णु प्रसाद सापकोटा र गोकुल खत्री रहने गरी सम्पर्क समन्वय विभाग गठन गरिएको छ। अर्जुन रायमाझीको संयोजकत्वमा तेजिन्द्र के.सी , हेमलाल सापकोटा , शुक्रराज चुके , ताराचन्द घिमिरे , खिम वहादुर के.सी , लेख वहादुर गैरे, रामाकान्त खरेल , टेकनाथ सापकोटा लाई अभिभावक परिषद मा चयन गरिएको छ।उमेरले ५० काट्नुभएका लव्ध प्रतिष्ठीत जापान मा रहनुहुने वामेलीहरूलाई जेष्ठ अभिभावक परिषदमा रहन सक्ने प्रावधान रहेको छ।

    श्री शा.वि.म.मा.वि. को भवन निर्माण कार्य करिव अन्तिम चरण मा रहेको ले निर्माण सम्पन्न  गर्दा सम्म निरन्तर सहयोग गर्ने र वक्यौता रकम पनी ताकेता गरी संकलन गर्ने, आउदो अप्रिल महीना मा लगानी सम्वन्धमा एउटा विशेष अन्तरकृया र साथमा सांस्कृतिक कार्यक्रम  को आयोजना गर्ने,दुई वर्षको एक कार्यकाल को लागी कार्यसमिति का सम्पूर्ण पदाधिकारी वाट जनही एक मान का दरले लेवि संकलन गर्ने निर्णय गरिएको छ।

     छैटौ अधिवेसन को विषयमा वैठक मा उपस्थित सम्पूर्ण ले आ-आफ्नो धारणा व्यक्त गर्दै समग्र रूपमा अधिवेसन भव्य र सभ्य रूपमा लोकतान्त्रिक विधि र विधान वाट पदाधिकारिको छनोट भएको , अधिवेसनमा  उल्लेखनीय उपस्थिति रहेको , संस्थावाट अतिथि सत्कारमा कुनै कमी नरहेको ,खान पान को व्यवस्था राम्रो रहेको , कार्यक्रम लाई नया प्रविधि प्रयोग गरी अनलाईन मार्फ़त मन्तव्य राख्ने व्यवस्था मिलाईएको थियो भने केही प्राविधिक त्रुटी वाहेक समग्रमा अधिवेसन सफल भएको ठहर छ।

 

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png