२०७५ चैत्र १०

वामी सेवा समिति जापानको छैठौ साधारण सभा सम्पन्न,अध्यक्षमा सापकोटा।

रामकृस्ण कंडेल २०७५ पुष १८

वामी सेवा समिति जापानको छैठौ साधारण सभा सम्पन्न,अध्यक्षमा सापकोटा।

वामी सेवा समिति जापानको छैठौ साधारण सभा जनवरी एकमा जापानमा भब्यताका साथ सम्पन्न भएको छ।गुल्मी जिल्लाको वामी बाट बिभिन्न पेशा , ब्यबसाय र अध्यन अनुसन्धानका लागि जापानका बिभिन्न शहरमा बसोबास गर्ने महानुभाबहरूको साझा संस्था हो 'वामी सेवा समिति जापान' ।वामी लगायतका क्षेत्र हरूको बिकासको लागि निकै ठूलो सहयोग पूर्याऊदै आएको यस संस्थाले आफ्नो आन्तरिक सॉगठनिक अवस्था प्रजातान्त्र क  तरिका बाट सुदृढ गर्दै आएको छ।क्रियाशिल र परिणाममुखि संस्थाको रूपमा परिचित यस संस्थामा निकै परिपक्व ब्यक्तित्वहरूले संस्था हाक्ने अवसर प्राप्त हुदै आएको देखिन्छ  मंगलवार जापानको टोकियोमा सम्पन्न भएको छैठौं अधिवेशनले वरिष्ठ समाजसेवी कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा २१सदस्यीय वामी सेवा समिति जापानको कार्यसमिति पुनर्गठन गरिएको छ

अधिवेशन बाट क्रमश: अध्यक्ष कृष्ण सापकोटा, उपाध्यक्ष दिलिप थापा, कृष्ण घिमिरे, बिष्णुप्रसाद सापकोटा, महासचिव गोकुल खत्री, सचिव महेन्द्र सापकोटा, सह-सचिव पुष्कर खरेल, कोषाध्यक्ष होमलाल सापकोटा, सह-कोषाध्यक्ष भुवन सापकोटा र यस्तै सदस्यहरुमा क्रमशः चेत बहादुर केसी, पुरन जिसी, बिरवल केसी, रविन कक्षापति, प्रकाश जिसी, दधिराम सापकोटा, कृष्ण सापकोटा र चिरिञ्जीवी घिमिरे चयन हुनु भएको छ।

वामी सेवा समिति जापान बिशुध्द वामीको बृहत हितका लागि लामो समय अगाडि देखि अबिरल रूपमा क्रियाशील छ।समाज प्रतिको मॉया , आर्थिक पारदर्शिता, सामुहिक नेतृत्व र निर्णय प्रकृयामा सबै सदस्य हरूको सहभागिता जस्ता महत्वपूर्ण बिशेषताको कारणले यो संस्था यस क्षेत्रमा अनुकरणिय समाजसेबि संस्थाको रूपमा प्रख्यात छ देशको राजनैतिक परिबर्तन संगै बिधमान राजनैतिक र प्रशासनिक संरचनाहरू फेरबदल भईसकेको अवस्थामा यस संस्था को सॉगठनिक ढॉचा लाई समेत फेरबदलगरी समग्र मुसिकोट नगरपालिकास्तरिय संस्था बनाऊनको लागि ध्यान पूर्याऊन सकेमा सुनमा सुगन्ध हुने धेरैको सुझाब रहेको छ

कार्यक्रममा समाजसेवी तथा शिक्षाप्रेमी खिमलाल पौडेलको प्रमुख आतिथ्यता तथा वामी सेवा समिति जापानका सल्लाहकार रोशन केसी , सेवा समिति जापानका पूर्व अध्यक्ष सुरेश केसी लगायतको उपस्थिति रहेको थियो कार्यक्रम वामी सेवा समिति जापानका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षता तथा वामी सेवा समिति जापानका उपाध्यक्ष दिलिप थापाको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन बर्तमान समितिका महासचिव गोकुल खत्रीको रहेको थियो

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png