२०७५ चैत्र १०

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मुसिकोट नगर कमिटिको सपथ कार्यक्रम सम्पन्न।

रामकृस्ण कंडेल २०७५ पुष २८

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मुसिकोट नगर कमिटिको   सपथ कार्यक्रम सम्पन्न।

वामिटक्सार, गुल्मी,२८पुस। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीको आयोजनामा आज रूद्रावति बहुमूखि क्याम्पस वामीटक्सारमा मुसिकोट नगर कमिटिका सदस्य हरू लाई सपथ ग्रहण , बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो।नेकपाका५नम्बर प्रदेश सचिव जग प्रसाद शर्मा (अपार) ले नगर कमिटिका सबै पदाधिकारी तथा सदस्य हरू लाई  शपथ खुवाऊनु भयो ।प्रमुख अतिथि शर्माले नयॉ कार्य समिति लाईशुभ कामना दिदै प्रशिक्षणमूलक  मन्तब्य राख नु  भएको थियो।उहॉले संबोधनको क्रममा भन्नु भयो "कमिटिको एकताले पूर्णता पाएको छ।पार्टि एकता महान प्रकृयाका साथ अगाडि बढिरहेको छ।नर्क लाई स्वर्ग बनाउनको लागि यो प्रकृया अगाडि बढाईएको हो।एकताको उध्देश्य महान छ ।" नेपालका दुई ठुला कम्यूनिस्ट पार्टि हरू बिभिन्न हन्डरहरू खॉदै आएको संस्मरण गर्दै अब यो पार्टि लाई "बिभाजनको छुट छैन।"पूर्ब एमाले र माओबादि बिघटन गरि नेपाल कम्यूनिस्ट पार्टि (नेक पा) निर्माण गरिएको छ।अब यो पार्टिले नेपालको सम्बृध्दिको दिशा लाई पक्डदै छ , साथ दिऔ भन्नु भयो।  पार्टिको बिशेषता प्रस्ट पार्दै ऊहॉले भन्नु भयो "यो पार्टि भनेको नोकरशाहि पार्टि होईन।भजन मन्डली पनि होईन।अराजक हरूको झुन्ड पनि होईन।योत जनबादी केन्द्रियतामा आधारित पार्टि हो।अरूको खुट्टा तानेर अगाडि बड्ने होईन , कर्म लाई उत्कृस्ट वनाऔं।" पार्टि नेत्तृत्वको बारेमा आफ्नो मुल्यांकन राख्दै "नेतृत्व पनि मान्छेनै भएकोले कमि कमजोरिहरू हुन सक्छन।ती कमजोरीहरू सच्याऊदै जानु पर्छ , कार्यकर्तालेअनाबस्यक मिडियाबाजी गर्नु जरूरी छैन।नेतृत्व लाई पूर्ण बिस्वासको साथ सहयोग गरौ।पार्टि र जनताको सम्बन्ध लाई पुस्टि गर्दै प्रमुख अतिथिले भन्नु भयो " पार्टि र जनताको सम्बन्ध सुदृढ हुनु पर्छ।माछा र पानी जस्तै पार्टि र जनता बिचको सम्बन्ध हुनु पर्छ।अब पार्टिले एऊटा अभियाननै चलाऔ। "  दुई ओटा बिरालो छिर्ने दुई ओटा प्वाल बनाऊन दिईएको समस्या एऊटै ठूलो प्वाल बाट हल गरी बिद्वान लाई अलमलनै पारिदिएको दृस्टान्त पेश गर्दै मानिस हरूको" चिन्तननै "बदलिदिन जरूरी भएको आबस्यक्ता प्रस्ट पार्नु भयो। कम्यूनिस्ट आन्दोलन भित्र पुस्ताको समस्या आऊन सक्छ तर कुशलतापूर्बक हल गरिदै आएको संस्मरण गर्दै एकिकरणको प्रकृयामा कार्य बिभाजन लाई ठुलो समस्या नबनाऔ।हाम्रो पार्टि ठुलो छ।कमिटि साना छन। कमिटि र पद भन्दानि पार्टि "सदस्यता" लाई ठूलो ठानौ।अब "फास्ट ट्र्याक" बाट काम गर्नु पर्छ भनि पार्टिले बर्तमान सरकार लाई सुझाब दिएको बताऊनु भयो

 कार्यदलका सदस्य तथा गुल्मी जिल्ला सचिब बुध्दि बहादुर जि.सि ले नगर कमिटिका सम्पूर्ण सदस्य हरू लाई बधाई दिदै स्व.मदन भन्डारीको दिबड.गत भएको दिन घोषणा गरिएको पार्टि एकता आज यस नगर सम्म आईपुगेको छ भन्दै "कसैलाई प्रधान मन्त्रि मात्रै वनाऊन वा सरकार मात्रै बनाऊनको लागि पार्टि एकिकरण गरिएको होईन "भन्दै एकताबध्द रूपमा लाग्न आग्रह गर्नु भयो।जन प्रतिनिधी र पार्टि बिचको सम्बन्ध सुमधुर बनॉऊदै बिरोध को सपना साकार हुन नदिने बताऊनु भयो। ऊहॉले "चुनाबको बेला व्यक्त गरिएका सम्पूर्ण कार्यक्रम हरू बर्तमान सरकारले सफल पारेरै देखाऊने " बताऊनु भयो। प्रशिक्षणमूलक मनतब्य राख्दै जिल्ला सचिब जि.सि ले सम्पूर्ण पार्टि सदस्य हरू लाई "चित्तबुझ्दो भूमिका दिएरै छोड्ने" बताऊनु भयो।उहॉले आज देखि गुल्मी जिल्लाका सम्पूर्ण स्थानिय तहका पार्टि कमिटि हरूको सपथ ग्रहण सकिएको बताऊनु भयो

 कार्यक्रमका अतिथि ने क पा का जिल्ला नेता तथा धुर्कोट गॉऊपालिकाका अध्यक्ष भूपाल पोख्रेलले नब निर्बाचित कमिटि लाई बधाई तथा शुभकामना दिदै भन्नु भयो  "मुसिकोट लाई नमूना मुसिकोट वनाऊनु होस।" ऊहॉले अगाडि थप्नु भयो संबिधानले परिकल्पना गरेको समाजबाद ल्याऊनको लागि "सबैले आफु लाई समिक्षा गर्दै अगाडि बढौ।" मनतब्यको क्रममा पोख्रलेले भन्नु भयो "ठग्ने काम सबैले हटाऔं। गरिब, असहाय, दलित, महिला, जनजाती, श् मजिबी बर्ग लाईआर्थिक रूपमा सम्बृध्द गराऊदै समाजबाद सम्म पुग्दैछौ। समाज बिकासको बाधक भ्रस्टचार भएकोले यस लाई अन्त्य गर्न पार्टि कमिटिले अभियाननै चलाऊनु आबश्यक रहेकोले पार्टि नेता हरू संग आग्रह गर्नु भयो।

नेपाल कम्यूनिस्ट पार्टि (नेकपा) का युवा नेता हिरा ए सी ले नबनियुक्त कमिटिका पदाधिकारी तथा सदस्यहरू लाई कार्य सफलताको लागि बधाई दिदै नेकपा लाई जनताको बलियो पार्टि बनाऊन सबै संग बिनम्रता पूर्बक अनुरोध गर्नु भयो। ऊहॉले चुनाबको समयमा जनता संग गरिएका बाचाहरू पुरा गराऊन पार्टि र जनप्रतिनिधि दृढतापूर्बक लाग्नु पर्ने बताऊनु भयो। पार्टि कार्यकर्ता को योगदान सहि ढंगबाट मूल्यॉकन गरिनुपर्ने माग गर्दै "क्षमताको आधारमा" जिम्मेवारी दिनुपर्ने सुझाब दिनु भयो।

कार्यक्रममा मुनपा का उपमेयर कमला शर्मा, महिला नेत्रृ तथा पार्टिको जिल्ला नेता बिनिता पोख्रेल लगायतले बधाई तथा शुभ कामना मनतब्य राख्नु भएको थियो।आजको भेलाले नगर अध्यक्ष, सचिब, निबर्तमान नगर संयोजक जिबन खरेल र ज्ञ्यानेस्वर घिमिरे रहेको ४सदस्यिय कार्यदल गठन गरेको छकार्यदलले माघ १५भित्र मुनपा का सबै वार्ड हरूमा वार्ड कमिटि निर्माण गर्ने छ।

८१सदस्यिय मुसिकोट नगर कमिटिमा खुम बहादुर थापाले अध्यक्ष तथा अग्निधर लोहोनीले सचिव को जिम्मेवारि प्राप्त गर्नु भएको छ।सपथ , बैठक एवं प्रशिक्षण कार्यक्रममा नेपाल कम्यूनिस्ट पार्टि (नेकपा) जिल्ला सचिब बुध्दि बहादुर जि सि, मुसिकोट नगरपालिकाका प्रमुख शोमनाथ सापकोटा, ऊप प्रमुख कमला शर्मा, धुर्कोट गॉऊपालिकाका अध्यक्ष भूपाल पोख्रेल, नेकपा का जिल्ला नेता जिबन खरेल, सिता भुसाल, बिनिता पोख्रेल, सुरेन्द्र नेपाली, ज्ञ्यानेस्वर घिमिरे लगायत जिल्ला नेता हरू आजको कार्यक्रममा अतिथिको रूपमा रहनु भएको थियो

 नेपाल कम्यूनिस्ट पार्टि (नेकपा) मुसिकोट नगर कमिटि अध्यक्ष खुमबहादुर थापाको अध्यक्षता, निबर्तमान नगर संयोजक तथा एमालेका जिल्ला नेता जिबन खरेलको स्वागत मनतब्य र नगर सचिब अग्निधर लोहनी को सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

 

 

 

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png