२०७६ मंसिर १

मुत्यु हुने नेपालीको नाम एकता अधिकारी

रामकृस्ण कंडेल २०७५ फाल्गुन २६

मुत्यु हुने नेपालीको नाम एकता अधिकारी

  केन्याको विमान दुर्घटनामा एक नेपालीको मृत्यु।

२६ फागुन 

आइतबार केन्यामा भएको इथियोपियन एअरलाइन्स दुर्घटनामा एक नेपालीको पनि मृत्यु भएको जनाइएको छ ।विमान दुर्घटनाबारे ट्विट गर्दै एअरलाइन्सले दुर्घटनामा ३२ देशका नागरिकले ज्यान गुमाएका उल्लेख गरेको छ। जसमा एक जना नेपाली पनि परेका छन् ।इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको थियो।

आज दुर्घटनाग्रस्त इथोपियन एयरलाइन्समा ज्यान गुमाउने नेपालीको पहिचान भएको छ ।

मुत्यु हुने नेपालीको नाम एकता अधिकारी रहेको छ । उनी इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)कार्यालयमा सप्लाई चेन अफिसरका रुपमा कार्यरत् थिइन् ।

एकता आइतबार नैरोबीमा डब्लूएफपीकै एक बैठकमा सहभागी हुन जाँदै थिइन् ।एकता सूचना व्यवस्थापन अधिकृतका रुपमा सेप्टेम्बर २०१८ मा मात्र इथियोपिया पुगेकी थिइन् । डिसेम्बरदेखि भने उनले सप्लाई चेन अफिसरको नयाँ जिम्मेवारी सम्हालेकी थिइन् ।

पपुआ न्यू गिनी र नेपाल कार्यालय गरि एकताले कुल तीन वर्ष १० महीना विश्व खाद्य कार्यक्रममा का गरेकी थिइन् ।

गोरखाकी एकताले बेलायतको एंगीला रस्किन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्