२०७६ मंसिर १

जहॉ दुख त्यहॉ वामी सेवा समिति जापान।

रामकृस्ण कंडेल २०७५ फाल्गुन १७

जहॉ दुख त्यहॉ वामी सेवा समिति जापान।

जहॉ दुख त्यहॉ वामी सेवा समिति जापान।

वामी सेवा समिति जापानले गर्यो नाबालक हरू लाई आर्थीक सहयोग।

वामीमैदान जीप दुर्घटनामा परी मृत्यु भएका स्व.ठाकुर सापकोटाका दुई नाबालक छोरी हरू लाई वामी सेवा समिति जापानले आज आर्थीक सहयोग गरेको छ।स्व.ठाकुर सापकोटाका नाबालक दुई छोरीहरूको शिक्षा क्षेत्रमा खर्च गर्ने ऊध्देश्यका साथ संस्थाको तर्फ बाट आज स्व सापकोटाकी श्रीमती मॉया सापकोटा लाई एक लाख तिरानब्बे हजार नौ सय बाईस नगद हस्तान्त्रण गरिएको छ।महेन्द्र आदर्श मा वि को हिरक महोत्सबको पॉचौ दिनको बिशेष कार्यक्रमको अवसर पारेर संस्थाका अध्यक्ष कृस्ण प्रसाद सापकोटा , बरिस्ठ उपाध्यक्ष दिलिप थापाले उक्त रकम प्रदान गर्नु भएको हो।संस्थाका पदाधिकारी तथा सदस्य हरूले ऐच्छिक रूपमा गरेको सहयोग संकलन गरीआफुहरूले यो रकम ल्याई सहयोग गरिएको संस्थाका अध्यक्ष कृस्ण प्रसाद सापकोटाले बताऊनु भयो।मुसिकोट नगरपालिका प्रमुख र स्व.ठाकुर सापकोटाका दुई छोरीहरूको नाममा ग्लोबल बैंक, वामी शाखामा संयुक्त खाता सन्चालन गरी रकम राख्ने निर्णय गरिएको संस्थाका ऊपाध्यक्ष दिलिप थापाले बताऊनु भयो।

 सहयोग हस्तान्त्रण कार्यक्रममा हीरक महोत्सब मूल समारोह समितिका संयोजक प्रकाश काफ्ले, बि व्य स अध्यक्ष भुवन के सी, वामी सेवा समितिका सदस्य उज्वल खत्री लगायतको उपस्थिती रहेको थियो।

  केहि महिना अगाडी वामी सेवा समिति जापानको नव निर्वाचित कार्य समितिको पहिलो बैठक सस्थाका अध्यक्ष श्री कृष्ण प्रसाद सापकोटा लाई अध्यक्षतामा र महासचिब गोकुल खत्रीको संचालनमा साथै  निबर्तमान कोषाध्यक्ष श्री टेक बहादुर भण्डारी, सल्लाहकारश्री अर्जुन रायमाजी र सदस्य ईश्वरी सापकोटाको बिशेष उपस्थितिमा सम्पन्न भएको थियो.टोक्यो शिबुईया स्थित मनसुन रेस्टुरेन्टमा सम्पन्न बैठकले बिब ध बिषयमा महत्वपूर्ण निर्णय हरू गरिएको थियो।  संस्थाको कार्यसमिति लाई एक्काईस सदस्यिय कार्यसमिति वनाउने निर्णय अनुसार वाकी चार सदस्यिय कार्यसमिति चयन गरिएको छ जसमा विभागीय जिम्वेवारी दिने गरी दिनेश सापकोटा (दिपु) यूवा तथा वित्तीय प्रमुख (सदस्य), अन्य सदस्य हरू ईश्वरी सापकोटा, प्रिन्सेस खरेल, सपना खरेल लाई चयन गर्ने, वरिष्ठ सल्लाहकार रोसन के.सी, सुरेश के.सी, टिकाराम घिमिरे, घनश्याम सापकोटा, रामलाल सापकोटा, हरि प्रसाद खराल, ट क व.भण्डारी लाई सल्लाहकार समितिमा चयन गरिएको छ।कृष्ण प्रसाद सापकोटा (शर्मा) दिलीप थापा, कृष्ण घिमिरे, विष्णु प्रसाद सापकोटा, गोकुल खत्री, होमलाल सापकोटा र महेन्द्र सापकोटा रहने गरि सचिबालय गठन गरिएको छ । 

     प्रोफ़ेसर डा.  जीवलाल सापकोटा, शारदा शर्मा (पौड्याल), उज्वल ख़त्री र कमल सापकोटा लाई कार्य समितिमा थप गरिएको थियो । होमलाल सापकोटा लाई संयोजकत्वमा आर्थिक विभाग  गोकुल खत्रीको संयोजकत्वमा विरवल के.सी .चिरन्जिवि घिमिरे र प्रिन्सेस खरेल रहेको सॉस्कृतिक बिभाग, दिलिप थापाको संयोजकत्वमा गोकुल खत्री कृष्ण धिमिरे र विरवल के.सी. रहेको प्राविधिक विभाग, कृष्ण प्रसाद सापकोटा को संयोजकत्वमा सदस्य दिलिप थापा, कृष्ण घिमिरे, विष्णु प्रसाद सापकोटा र गोकुल खत्री रहने गरी सम्पर्क समन्वय विभाग गठन गरिएको छ अर्जुन रायमाझीको संयोजकत्वमा तेजिन्द्र के.सी, हेमलाल सापकोटा, शुक्रराज चुके, ताराचन्द घिमिरे, खिम वहादुर के.सी, लेख वहादुर गैरे, रामाकान्त खरेल, टेकनाथ सापकोटा लाई अभिभावक परिषद मा चयन गरिएको थियो

सेवानै धर्म हो भन्ने मुल मन्त्रका साथ वामी सेवा समिति जापान अगाडी बढिरहेको आम गुल्मीबासीहरूको बुझाई रहेको छ। यस संस्थाले देशका बिभिन्न स्थानहरू बिशेष गरेर गुल्मीको वामीमा शिक्षा, स्वास्थ्य, सडक, मन्दिर, पाटि-पौवा निर्माण लगायत दिन-दु: खी हरूको क्षेत्रमा लाखौ रकमले सहयोग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्