२०७६ मंसिर १

पित्त थैलीको पत्थरीका बिरामीहरुका लक्षण

स्वास्थ्य २०७५ चैत्र २४

पित्त थैलीको पत्थरीका बिरामीहरुका लक्षण

पित्त थैलीको पथ्थरी कुनै रोग बिशेषको कारणले नभएपनि यस बिषयमा भएका अध्ययनहरुले यसका बिबिध कारणहरु रहेको देखाएका छन् ।

कारण:

  -मोटोपना

- मधुमेह

- धैरै तौल घट्नु

- निरन्तर ब्रत बस्नु

- रक्तअल्पता

- र्भनिरोधक चक्कीको बढी सेवन

 

लक्षण:

सामान्यतः पित्त थैलीको पत्थरीका बिरामीहरुमा कुनै लक्षण देखिँदैन । अरु कुनै कारणले पेटको भिडियो एक्सरे गर्दा पित्त थैलीमा पथ्थरी देखिन्छ । यसरी पत्थरी भएको फेला पर्नेहरु मध्ये करिब २० प्रतिशत मानिसहरुमा मात्र यसका कारणले लक्षणहरु देखिन सक्छन् जसमा, अधिकांशलाई पेट दुख्ने हुन्छ । पत्थरीका कारण हुने दुखाई दाहिने कोखा वा माथिल्लो पेटमा हुन्छ । यो दुखाई कहिले काँही दाहिने पाखुरा वा ढाडतिर पनि सर्नसक्छ । दुखाई चिल्लो खानेकुरा खाएपछि बढ्ने गर्छ । यसरी देखापरेको दुखाई २४ घण्टाभित्रै ठीक हुनेगर्छ । जटिल हुँदै गएपछि हरेक दिन जस्तो दुख्न थाल्छ । पित्त थैलीको पथ्थरीको अर्को मुख्य लक्षण भनेको पेट ढुस्स भएर फुलेजस्तो भान हुने, अपच हुने र डकार आउने हुन्छ ।

 

- जटिलताहरु

- पित्त थैलीको संक्रमण

- कमलपित्त(जण्डिस)

- अग्नाशयको संक्रमण

- पित्त थैलीको क्यान्सर

- - - - - - - - - - - - - - -

 

प्रतिक्रिया दिनुहोस्