२०७५ चैत्र १०

ने क पा का नेता अधिकारी अस्पताल भर्ना।

रामकृस्ण कंडेल २०७५ पुष २८

ने क पा का नेता अधिकारी अस्पताल भर्ना।

 भैंसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा ने क पा का बरिस्ठ नेता भरतमोहन अधिकारीलाई उपचरार्थ भर्ना गरिएको छ।स्वास्थ्यमा सुधार आएपछि सामान्य बेडमा सारिएको छ ।

८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटकपटक उपचार भइरहेको छ ।

छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत सोमबार भर्ना गरिएको हो।

चिसोले गर्दा अधिकारीको छातीमा सङ्क्रमण भएको थियो।पूर्व अर्थमन्त्रीसमेत रहेका अधिकारीलाई शुक्रबारदेखि स्वास्थ्यमा सुधार आएपछि सामान्य बेडमा सारिएको छ ।

उनको उपचारमा डा. राजेन्द्र रिजालको समूहले स्वास्थ्य उपचार गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png