२०७६ मंसिर १

मेयर सापकोटा आबश्यक औषधी,स्वास्थ्यकर्मी सहित दजाकोट,२बिरामी तम्घास रिफर।

राहत बितरण २०७६ बैशाख १२

मेयर सापकोटा आबश्यक औषधी,स्वास्थ्यकर्मी सहित दजाकोट,२बिरामी तम्घास रिफर।

बैशाख१२

रामकृस्ण कंडेल

मुसिकोट नगरपालिका प्रमुख शोमनाथ सापकोटा आज बिहानै देखि भाईरल झाडाबान्ताको प्रकोप क्षेत्र दजाकोटमा पुग्नु भएको छ।आफ्नो नगर क्षेत्र भित्र भाईरल प्रकोपको खवर सुन्नसाथ आज एका बिहानै मेयर सापकोटा आबश्यक औषधी,स्वास्थ्यकर्मी सहित दजाकोट पुग्दा बिरामी हरूमा आशा पलाएको देखिन्छ।गॉऊमै तालिम प्राप्त स्वास्थ्यकर्मी हरू बाट स्वास्थ्य परिक्षण गरिएको छ।स्वास्थ्य परिक्षण पश्चात कुमारी सिन्जाली र खिमबहादुर तेमीको अबस्था गम्भीर देखिएकोले उपचारको लागी तम्घास रिफर गरिएको मेयर सापकोटाले जानकारी दिनु भयो।उहॉको अनुसार बिगत तिन दिन अगाडी उक्त क्षेत्रमा पुरै गॉऊका मानिसहरूमा एऊटैखाले स्वास्थ्य समस्या देखापरेको छ।दजाकोट गॉऊमा ५८बिरामीहरू मध्ये ४७बिरामीको उपचार पश्चात डिस्चार्ज गरिएको छ साथै ९जना बिरामी हरूको फलो अफ गरिएको छ।बिशेष गरेर ७०घरमा भाईरल समस्या रहेको छ।

नुरू खोलाको पानी खाने दजाकोटका सबै उपभोक्ता हरूमा यस खाले समस्या देखापरेको छ।बिरामीहरू सबैमा पेटदुख्ने,बान्ताहुने,पेटकाट्ने खालका लक्षणहरू देखा परेका छन।

  मुसिकोट नगरपालिकाको पहलमा जिल्ला जनस्वास्थ्य कार्यलय तम्घास,बडागॉऊ स्वास्थ्य चौकी,मुसिकोट नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी हरूको समुहले उक्त क्षेत्रमा उपचार कार्य अगाडि बढाईएको छ।नगरपालिकाले आबश्यक औषधीको व्यबस्था मिलाएकोले बिरामीहरू खुसी देखिन्छन।थप रोग नफैलियोस भनी सतर्कता अपनाईएको छ।पानी  बाटै प्रकोप फैलिएको ठहरका साथ पानीको शुध्दताको लागी पनि बिभीन्न प्रयास हरू अगाडी बढाईएको छ।

 स्मरण रहोस हिजो मात्रै नेपाल सन्देश डट कममा हामिले "गुल्मीको दजाकोटमा भाईरल झाडावान्ता,सतर्कता नअपनाईए भयाबह परिणाम आउन सक्ने दाबी।"शिर्षकमा पहिलो समस्या मूलक समाचार प्रकाशन गरेका थियौ।यस समाचारले सम्बन्धित सरोकारवाला पक्षको ध्यान आकृस्ट गरेको महशुस गरेका छौ।

प्रतिक्रिया दिनुहोस्