२०७५ चैत्र १०

काठमाडौ उपत्यका लगायत देशैभरी चिसो ह्वात्तै बढ्यो

राजेन्द्र पन्थी , गुल्मि २०७५ पुष १३

काठमाडौ उपत्यका लगायत देशैभरी चिसो ह्वात्तै बढ्यो


काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।
आज काठमाडौं उपत्यकाको अधिकतम ८° देखी न्यूनतम तापक्रम १° डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम घटेकाले उपत्यकामा निक्कै चिसो बढेको छ।

केही दिनयता उपत्यकासहित देशभरको तापक्रम न्यून रहेको महाशाखाले जनाएको छ । स्वास्थबिदहरु चिसो अझै बढ्न सक्ने भन्दै चिसो बाट जोगिन सल्लाह दिएका छन ।
हाइपोथर्मियाका अतिरिक्त अत्यधिक चिसो र शीतलहरले शारीरिक कमजोरी भएका बृद्धबृद्धा, सडक बालबालिका, विस्थापित परिवार, घरवारविहिन परिवार, सडक मजदुरहरू बढी प्रभावित हुन्छन् । झाडापखाला, निमोनिया, टाउको र छाति दुख्ने, हातखुट्टाका औंला र कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाँही घाउ हुने, रुघाखोकी, दम र यसका जटिलताहरू, छालासम्बन्धी समस्याहरू, दाद, अनुहारमा सेतो दाग, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, छाला सुख्खा हुने, फुस्रो हुने र फुट्ने, चिसोको एलर्जी हुने, अपच, पखाला, आउँ जस्ता पाचनसम्बन्धी रोगहरू र हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याउछ । मुटु, श्वासप्रश्वास र दमका पुराना विरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पार्दछ चिसोले । शीतलहरले मुटु र मस्तिष्कमा असर पारी हृदयाघात बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने र बालबालिकामा दादुरा, ठेउला, पनि ल्याउछ ।
 
समाजमा प्रचलित उखान बलिया बाङ्गा बाघलाई, अशक्त बुढापाका माघलाई भन्ने उखानले प्रश्रय पाउला जस्तो देखिंदैछ किनभने हुनेखानेले महलमा हिटर बालेर न्याना कपडा ओढेर बस्लान तर नहुने आफ्नो चुहिने झुप्रोमा आछु आछु भन्दै बस्लान । शरीरलाई न्यानो बनाउन मानिस परापूर्वकालीन उपायहरू समाजमा प्रचलित उखान जाडोका साथी रुइ, फुइ र दुईमा भर पर्नुपर्ने भएको छ ।


 

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png