२०७६ असार १०

जाडो बढे संगै न्याना कपडाको माग बढ्यो

राजेन्द्र पन्थी , गुल्मी २०७५ मंसिर २०

जाडो बढे संगै न्याना कपडाको माग बढ्यो

हुर्कदै गरेका बालबालिका तथा बृद्धबृद्धालाई यो मौसममा अभिभावकले विशेष ध्यान दिनुपर्छ ।
चिसोका कारण निमोनिया , रुघाखोकी ,इन्फ्लुएञ्जा संक्रमण र भाइरल ज्वरोले समात्ने गर्दछ । बाहिरी तापक्रम एक्कासि बदलिँदा हाम्रो स्वास्थ त्यो तापक्रम संग घुलमिल हुन सक्दैन जसको कारण विभिन्न रोगहरुले आक्रमण गर्ने गर्दछन । यस्तो समयमा विभिन्न पौष्टिक भोजन , नियमित सरसफाइ तथा ब्यायाम लगाएतका सावधानी अपनाउनु पर्ने स्वास्थ केन्द्रहरुले सल्लाह दिएका छन ।

            हिजोआज गुल्मीको उच्च तथा न्यून पहाडी क्षेत्रहरु , रेसुङ्गा , मुसिकोट , वामी टक्सार , रिडि  , मदाने , धुर्कोट , इश्मा  लगायतका स्थानहरूमा ह्वात्तै चिसो सुरु भएको छ । चिसो सुरु भए लगत्तै बजार , चोक , चौतारामा चिसो बाट बच्ने विभिन्न न्याना कपडाहरुको ब्यापार पनि तीब्र हुँदै गएको छ । ऊनीका न्याना स्वीटर , भुवादार ज्याकेट , फम सहितका ट्राय्क ,ऊनीका टोपी , कोट , बाक्ला सलहरुको निक्कै माग बढ्न थालेको ब्यापारीहरुको भनाइ रहेको छ । यसो त चिसो मौसम बाट बच्नको लागि तातो झोलिलो पदार्थ पिउने ,भिटामिन C र D को मात्रा बढाउने , मौसम अनुसारका न्याना कपडा लगाउने , आगो ताप्ने आदि गर्नाले चिसो बाट वच्न सकिने स्वास्थ बिज्ञहरुको भनाइलाई  रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png