२०७६ मंसिर १

गुल्मीको दजाकोटमा भाईरल झाडावान्ता, सतर्कता नअपनाईए भयाबह परिणाम आउन सक्ने दाबी।

स्वास्थ्य समस्या २०७६ बैशाख ११

गुल्मीको दजाकोटमा भाईरल झाडावान्ता,   सतर्कता नअपनाईए भयाबह परिणाम आउन सक्ने दाबी।

रामकृस्ण कंडेल

बैशाख११

गुल्मीको मुसिकोट नगरपालिका स्थित दजाकोटमा बिगत दुई दिन अगाडी देखी  भाईरल झाडाबान्ताको प्रकोप देखापरेको छ।दजाकोटका करिब ७०/८०घरका केटा,केटी,युवा,युवती,बृध्द,बृध्दा हरू थलिएर घरमा सुतिरहेका छन।सबै बिरामी हरूमा एऊटै खालको समस्या देखापरेको र समयमै नियन्त्रण गर्न जरूरी रहेको बताऊनु हुन्छ मुसिकोट नगरपालिका सामाजिक बिकास संयोजक हरि छन्तेल।छन्तेल आफु स्वयं पनि बिरामी भई दजाकोट स्थित आफ्नै निवासमा बेड रेस्ट गरिरहेको बुझिएको छ।ऊहॉको अनुसार नुरू खोलाको पानी खाने दजाकोटका सबै उपभोक्ता हरूमा यस खाले समस्या देखापरेको छ।बिरामीहरू सबैमा पेटदुख्ने,बान्ताहुने,पेटकाट्ने खालका लक्षणहरू देखा परेका छन।

 एऊटै समयमा एकै प्रकारको समस्या सिंगो गॉऊमा देखा पर्दा सबै चिन्तीत देखिन्छन।खानेपानी ट्यॉकीमा वा मुलमै कसैले बदमासी गरेर यो समस्या आएको हुन सक्ने स्थानीय हरूको बुझाई रहेको छ।सधै सफा पानी आऊने धारा हरूमा यतीखेर पानीको स्वाद र कलर पनि फरक रहेको बताईएको छ।

  यस समस्याको बारेमा बुझ्न हामीले मुसिकोट नगरपालिका स्वास्थ्य संयोजक डि बी जि सी संग सम्पर्क गर्दा आफु जिल्ला बाहीर रहेको र यस समस्याको बारेमा बिस्तृत जानकारी नभएको बताऊनु भयो।त्यस पश्चात मुनपा स्वास्थ्य सहसंयोजक पुस्कर गौतम लाई सम्पर्क गर्दा आफुहरू वामी हेल्थ पोस्टमा सन्चालित स्वास्थ्य शिबीरको कामको चापले गर्दा त्यस क्षेत्रमा पुग्न नसकेको बताऊनु भयो।

यो भाईरल प्रकोप कस्तो खालकोहोर,के कारणले गर्दाहो पानीको ल्याब टेस्ट नगरिकन पत्ता लगाउन नसकिने भएकोले तत्काल ल्याब टेस्टको खॉचो महशुस गर्नुहुन्छ स्थानिय युवा बिमल छन्तेल।उहॉको अनुसार सबै घरमा बिरामी छन।सबैमा डर,त्रास बढेको छ।

स्वास्थ्यनिकाय हरू बाट यस भाईरल प्रकोप क्षेत्रमा भरपर्दो आबश्यक उपचारका सेवाहरू उपलब्ध गराऊन जरूरी रहेको छ।झाडा,पखला र बान्ताको कारण सबै बिरामी हरू कमजोर बन्दै गएको बताईएको छ।समयमै गुणस्तरिय स्वास्थ्य सेवा पूर्याऊन नसकिएमा भयाबह स्वास्थ्य समस्या आऊन सक्ने अनुमान पनि गर्न थालिएको छ।स्मरणरहोस गतसाल दजाकोटमा भएको आगलागी पश्चात सम्पन्न नुरू खोलाको खानेपानी आयोजना अन्तर्गतका ऊपभोक्ता हरूमा मात्र यो डर लाग्दो समस्या देखा परेको छ।

 

प्रतिक्रिया दिनुहोस्