२०७६ मंसिर १

आर्थीक संयोजक प्रकाश काफ्ले सहित सालिमे मिडीया दजाकोटमा।

स्वास्थ्य २०७६ बैशाख १३

आर्थीक संयोजक प्रकाश काफ्ले सहित सालिमे मिडीया दजाकोटमा।

 बैशाख१३

रामकृस्ण कंडेल

 मुसिकोट नगरपालिका आर्थीक संयोजक प्रकाश काफ्ले सहित सालिमे मिडीयाका अध्यक्ष हरिहर सापकोटा,कोषाध्यक्ष चुरामणी सापकोटा लगायतका बिशेष ब्यक्तित्व हरू आज  झाडाबान्ताको प्रकोप क्षेत्र दजाकोटमा पुग्नु भएको छ।ऊहॉ हरूले १५०पेटी पिऊने पानी,औषधी र आबश्यक स्वास्थ्य कर्मी हरू लिएर उक्त क्षेत्रमा पुग्नु भएको हो।भाईरल प्रकोप नियन्त्रणमा आऊने अपेक्षा गरिएता पनि रोगिहरूको संख्या बृध्दी हुदा आफुहरू थप चिन्तित भएको संयोजक प्रकाश काफ्लेले बताऊनु भयो।के छ पछिल्लो दजाकोटको अबस्था भनी संयोजक काफ्ले संग जिज्ञॉसा राख्दा उहॉको जबाफ थियो,"रोग नियन्त्रणमा आऊला भनेकोत रोगीहरूको संख्या झनै बड्न थाल्यो।यसले हामी हरू लाई चिन्ता बडाएको छ।"उहॉले भन्नु भयो " दजाकोटमा झाडापखालाको अवस्था अबलोकन गर्दा दुख लागेको छ। १५०जना बिरामीको स्वास्थ लाभको कामना ।प्रारम्भिक चरणमा हेर्दा खानेपानीको मुहानबाट समस्या भयो कि! हामीले यसबाट शिक्षा लिएका छौं सबै ठाउँमा मुहान सुरक्षित गर्नु पर्छ।"हामी संगको कुराकानीमा संयोजक काफ्लेले भन्नु भयो "पानीको कारण होकीभनी शुध्द पिउने पानीका पेक हरू घर घरमा पूर्याएका छौ।औषधी र स्वास्थ्यकर्मी परिचालन गरेका छौ।"संयोजक काफ्लेका अनुसार रोग नियन्त्रण महॉशाखा काठमान्डौ बाट डक्टरहरूको टिम यस क्षेत्रको लागि हिडी सकेको छ।

मुसिकोट नगरपालिकाको पहलमा जिल्ला जनस्वास्थ्य कार्यलय तम्घास,बडागॉऊ स्वास्थ्य चौकी,मुसिकोट नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी हरूको समुहले उक्त क्षेत्रमा उपचार कार्य अगाडि बढाईएको छ।नगरपालिकाले आबश्यक औषधीको व्यबस्था मिलाएको छ।थप रोग नफैलियोस भनी सतर्कता अपनाईएको छ।पानी  बाटै प्रकोप फैलिएको ठहरका साथ पानीको शुध्दताको लागी पनि बिभीन्न प्रयास हरू अगाडी बढाईएको छ।

प्रतिक्रिया दिनुहोस्