२०७६ श्रावण १

सन्तोष के.सि.को नयाँ एल्वम "तिम्रो मायाको कसम " ले अपार माया सङ्गाल्दै

राजेन्द्र पन्थी , गुल्मी २०७६ जेष्ठ ७

सन्तोष के.सि.को नयाँ एल्वम "तिम्रो मायाको कसम " ले अपार माया सङ्गाल्दै

बहुबिधाका प्रतिभाका धनी , चर्चित गितकार तथा सङ्गितकार सन्तोष के.सि. को पछिल्लो समय बजारमा सर्बजानिक भयको गित "तिम्रो मायाको कसम " जसलाई अन्जु पन्त तथा सम्सेर लामा रुम्बा को सुमधुर स्वर तथा सन्तोष के.सि.को सङ्गीतले भरिएको  छ ।
गुल्मीको मालिकामा जन्मी काठमाडौलाई कर्मथलो बनाउदै आउनुभएका सर्जक के.सि.ले आम स्रोता - दर्शकको मागलाई ध्यानमा राखी  फरक-फरक  किसिमका गित सङ्गित बजारमा ल्याउने गर्नुहुन्छ ।  मिहिनेती र लगनशिल  सन्तोष के सि का हरेक गितहरु  मन छुने खालका हुने गर्दछन ।  उहाका  लोक, आधुनिक, झ्याउरे , सालै जो  जस्ता सबैखाले गितहरुमा मौलिकता झल्कने गर्दछ ।
सधै फरक खाले गित संगीत पस्कन रुचाउने गाएक तथा सर्जक के.सि.ले भर्खरै बजारमा पस्केको "तिम्रो मायाको कसम "ले सबैको मन मुटुमा बस्न सफल बनेको छ । प्रकाश धितालको शब्द ,सन्तोष के.सि.को सङ्गीत रहेको गितलाइ  अन्जु पन्तको सुमधुर आवाज रहेको छ भने उक्त गितको  अरेन्ज कमल सौरगको रहेको छ ।क्रान्ति के.सि.को निर्देशन रहेको उक्त एल्वमको ,पछिल्लो समयका निक्कै चर्चित मोडेल बिक्रम बुढाथोकी र शिल्पा पोख्रेलको बेजोड अभिनय रहेको उक्त एल्वम एस .एस. डिजिटल मार्फत बजारमा आयको छ ।

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png