२०७६ मंसिर १

सक्न्यार पौदि झलुङ्गे पुलमा नयाँ बर्ष सँगैआन्तरिक प्रयटकको सँङ्ख्या बढ्दो

भानुभक्त पौडेल २०७६ बैशाख १

सक्न्यार पौदि झलुङ्गे पुलमा नयाँ बर्ष सँगैआन्तरिक प्रयटकको सँङ्ख्या बढ्दो


१ बैशाख, २०७६
वामीटक्सार, गुल्मी
 
नयाँ बर्षकाे सुरुवात सँगै बाग्लुङ्गको बडिगाड गाउँपालिका २ सक्न्यार र गुल्मीको मुसिकोट नगरपालिका १ अरेवा जोड्ने झलुङ्गे पुल  (आकासे पुल) मा यति बेला आन्तरिक प्रयटकहरुको सँङ्ख्या बढ्न थालेको छ ।
नयाँ बर्षकाे सुरुवात सँगै यस पुलमा घुम्न आउनेहरुकाे सँख्या बढ्न थालेकाे हाे ।   बिभिन्न चाडपर्व, बिदा, नयाँ बर्ष कुनै बिशेष दिन जस्ता दिनहरुमा यहाँ प्रयटकहरुकको उल्लेखनीय मात्रामा उपस्थीत रहने गरेको छ ।
यस आकासे पुलमा अहिले बाग्लुङ्ग, गुल्मी लगाएतका जील्लाबाट पुल अबलोकन गर्न प्रयटकहरु आउने गरेका छन् । नेपालकै एक मात्र सीकार आरक्ष ढोरपाटन सीकार आरक्ष मा जाने प्रयटकहरु पनि पुलको अबलोकन गरेर जानी गरेका छन् । गत असोजमा बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिका को सीमानामा पर्ने तुरतुरेको पहिरोले बडिगाड खोला थुन्दा बनेको ताल हेर्न जाने प्रयटकहरु पनि आकासे पुलको अबलोकन गर्ने गरेका छन् । पछिल्लो समय वृद्धवृदा भन्दा युवायुवतीको पहिलो रोजाइमा पर्ने गरेको यस पुलमा दैनिक रुपमा २०० भन्दा बढि मानिसहरु आउने गरेका छन् । 
मध्यपहाडी लोकमार्ग र बडिगाड खोलाको माथि रहेको यस पुलमा आउने मानिसहरुको फोटो र सेल्फी खीच्दा रोचक दृस्य देख्न सकिन्छ ।
वि.सं. २०७१ सालमा निर्माण भएको थियो । ६९८ पदयात्रा रहेको यश पुल २६७ मिटर लम्बाई रहेको छ ।
 
 
 

प्रतिक्रिया दिनुहोस्