२०७६ मंसिर १

मुसिकोट नगरपालिका गुल्मीमा होलीको रनक।

मनोरन्जन २०७५ चैत्र ६

मुसिकोट नगरपालिका गुल्मीमा होलीको  रनक।

चैत्र६,वामीटक्सार

रामकृस्ण कंडेल

आज होलिको पहिलो दिन (पहाडको  होलि ) गुल्मीको मुसिकोट नगरपालीका भित्रका बिभिन्न स्थान हरूमा भब्यताका साथ मनाईयो।नगरपालिकाको केन्द्र वामीटक्सार बजारमा बिहानै देखि सबै जना बिभिन्न स्थानमा उपस्थित भई बिभिन्न रड.,रोगन हरू प्रयोग गरी समुहगत रूपमै होली मनाएको देखियो।होलीको कारण यस क्षेत्रमा भिन्नै रनक थियो।सरकारले आज सार्बजनिक बिदा समेत दिएकोले बिधार्थी,शिक्षक,कर्मचारी हरू पुरै दिनभरीनै मनोरन्जनात्मक तरीकाले यो पर्ब मनाएका छन।असत्यमाथी सत्यको बिजयको रूपमा मनॉऊदै आईएको यस पर्बको दिन मुसिकोटबासी हरूले शुभकामना आदान प्रदान,घुमफीर,भेटघाट एवम सॉगितीक कार्यक्रममा होली मनाएको पाईयो।सबै जात जाती,पेशा,धर्म,उमेरका मानीसहरूले उत्साहा पूर्बक ढंगबाट होली पर्बमा सहभागीता जनाए। वामीटक्सार बजार बासीहरू आज पुरै रंगीन देखिन्थे।

 मुसिकोट नगरपालिकाका मुख्य स्थानहरू भुवाचिदी बजार,बडागॉऊ,ईन्द्रगौडा,पौदी अमराई,अर्लाड.कोट,वामीमैदान लगायतका स्थानहरूमा होलीको प्रभाब निकै बडि देखियो।

 चैत्र १०गते देखी शुरू हुन लागेको seeपरीक्षाको तयारी गरिरहेका बिधार्थीहरू परीक्षाको चटारोको कारण होली मनाऊन नपाएकोले अलि बडी निराश देखिन्थे।

 ४नं प्रदेश संग धेरै भु भाग जोडीएको यस मुसिकोट नगरपालीकामा बाग्लुड.जिल्लाका युबाहरू र गुल्मीका युवाहरू समेत भेटघाटगरी होलीको आनन्द लिएको देखिन्थ्यो।

 

प्रतिक्रिया दिनुहोस्