२०७६ असार १०

चन्द्रकोटमा चक्रेश्वर मेला सुरु ः आज  प्रिती आले र दुर्गेशको धमका  

प्रेम  सुनार २०७५ मंसिर १९

चन्द्रकोटमा चक्रेश्वर मेला सुरु ः आज  प्रिती आले र दुर्गेशको धमका  


तम्घास, मंसिर 1 9। 1 9 मङ्सिर गुल्मी बिगतका बर्षहरुमा जस्तै यस वर्षपनि गुल्मीको शान्तिपुरमा 'चन्द्रकोट चक्रेश्वर महोत्सव 2075' सुरु भएको छ ्र सोही मेलाको अबसर पारेर आज कलाकार प्रीति आले , दुर्गेश थापा, नृत्यकार सम्झना गुरुङ आदि कलाकारको प्रस्तुति रहेको मेलाका सास्कृतिक संयोजक सुबास के सि ले बताउनु भयो । 
  हरेक बर्ष बालाचतुर्दशीका अवसरमा चल्ने मेला, यो बर्ष महोत्सवका रुपमा मङ्सिर 16 देखि 25 गतेसम्म चन्द्रकोट गाउँपालिकाको केन्द्र शान्तिपुरमा संचालन हुने समितीका अध्यक्ष अर्जुन थापाले बताउनुभयो

   चक्रेश्वर मेला हाम्रो सान हाम्रो पहिचान भन्ने मूल नाराका साथ आयोजित यो महोत्सव औधोगिक सास्कृतिक , पर्यटन, कृषि तथा व्यापार, आदिको संरक्षण, प्रबर्द्धन तथा उजागर गर्ने उदेश्यका साथ सुरु भएको बताइएको छ । 
  स्थानीय कला गलाको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले डान्सिङ्ग स्टारको अडिसन भयको आयोजकले बताएको छ टिमुरे लेक, अर्जेवाको झरना, कौडेभुलेनीको लेक, सिद्धबाबा, चन्द्रकोट मन्दिर, दिब्रुंग शिवालय, चक्रेश्वर शिवालय लगायतका पर्यटकीय सम्भावना बोकेका क्षेत्रको प्रचारप्रसारसंगै स्थानीय कृषि उत्पादनको प्रदर्शनी , स्थानीय झाँकी, स्थानिय मौलिक जातजातिको नाचगान, भजन, पन्चेबाजा मेलाका मुख्य आकर्षण रहेका छन् ्र
   राष्ट्रिय स्तरका कलाकारको बेजोड प्रस्तुतीसंगै 10 दिनसम्म चक्रेश्वर महोत्सवको माहोलमा झुम्ने छ ्र सोमबार महोत्सवको अनऔपचारिक उद्घाटन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण खत्रीबाट गरिएको छ ्र कार्यक्रममा विभिन्न संघ (सस्था तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थती रहेको थियो ्र 

  कार्यक्रमको औपचारिक उद्घाटन प्रदेश न ५ का पर्यटनमन्त्रि लिला गिरीसंगै सामाजिक विकासमन्त्रि सुदर्शन बरालबाट भोलि मङ्सिर २० गते हुने बताइएको छ ्र समग्र चन्द्रकोट क्षेत्रको गरिमा बोकेको ‘चन्द्रकोट चक्रेश्वर महोत्सव २०७५’ लाई उदय शान्ति युवा क्लब र चन्द्रकोट गाउँपालिकाले संयुक्त रुपमा आयोजना गरेका छन् ्र 
  साथै आज मङ्सिर १९ गते चर्चित लोकदोहोरी गायिका देवि घर्ती लगायतका थुप्रै कलाकारको प्रस्तुती रहने सुबास के । सि । ले जानकारी दिनुभयो । महोत्सवमा खुल्ला पुरुष भलिवल प्रतियोगिता, खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिता, चन्द्रकोट सिंगिंग स्टार, चन्द्रकोट डान्सिंग स्टार, लोक दोहोरी प्रतियोगिता, भजन प्रतियोगिता, टिमुरे लेकबाट प्याराग्लाइडिङको परीक्षण, स्थानीय झाँकी, नाँचगान, कृषिजन्य एवम् औद्योगिक उत्पादनको प्रदर्शनी, स्थानीय पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी समेत हुनेछन् ्र 
  मेलामा करिब 120 ब्यापारिक स्टलहरु राखिएका छन्, करिब 5 करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा लिइएको मेलाका अध्यक्ष अर्जुन थापाले बताउनु भएको छ अहिले शान्तिपुर बजार बेहुलीझै सिंगारिएको छ ्र मेलाको मुख्य उद्देश्य शान्तिपुर नगरीभित्र बहु (प्रयोजनको खेलमैदानको जग्गा खरिदका लागि आर्थिक श्रोत जुटाउने रहेको समेत बताइएको छ ्र
राजेन्दं्र पन्थी
पन्थी रेसुङ्गा मिडिया प्रालि र सालिमे मिडिया प्रालि अन्तर्गत रेडियो गुल्मी, रेसुङ्गा टेलिभिजन र नेपाल सन्देस अनलाईनका मुसिकोट ब्युरो प्रमुख हुन। उनले हाललाई चन्द्रकोट व्युरोक जिम्मेवारी पनि सम्हालेका छन। 

 

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png