२०७५ चैत्र १०

बडिगाड नदीमा जलयात्रा को प्रशस्त सम्भावना देखियो:नगर प्रमुख शोमनाथ सापकोटा

रामकृस्ण कंडेल २०७५ पुष १४

बडिगाड नदीमा जलयात्रा को प्रशस्त सम्भावना देखियो:नगर प्रमुख शोमनाथ सापकोटा

गुल्मीको मुसिकोट नगरपालिका,चन्द्रकोट गाउँपालिका ,र छिमेकी जिल्ला बागलुङको बढिगाड गाउँपालिका भित्र रहेको बडिगाड खोलामा राफ्टिङ्गको परीक्षण गरिएको छ।यस क्षेत्रमा पर्यटन प्रवर्धन का साथै आर्थिक बिकास गर्ने उद्देश्यले परीक्षण  गरिएको बताईएको छ।त्रिशूली नदीमा जलयात्रा गराइरहेको ७ सदस्यीय विज्ञ टोली  लाई मुसिकोट नगरपालिकाको बिशेष पहलमा ल्याईएको हो।

 

टोलीले बिहीबार वाग्लुडको खाल नजिक बाट परिक्षण शुरू गरेको हो।राफ्टिङ्ग निकै सहज र रोमाञ्चक भएको मेयर सोमनाथ सापकोटाले बताउनु भयो । साथै भदौ देखि व्यावसायिक राफ्टिङ् गर्ने समेत उहाँको भनाइ छ । "आफूहरू निकै हर्षित र उत्साहित भएको"मेयर सापकोटाले बताउनु भयो । त्रिशूली बाटआएकोजलाशयविद् ,जनप्रतिनिधी,पत्रकार,राजनितीक्रमी हरूले

बडिगाड नदीमा जलयात्रा को प्रशस्त सम्भावना देखिएको निष्कर्ष निकालेको छन। नदीमा रहेका ठुला ढुङ्गा हरू मिलाउने र पानीको बहावलाई केही व्यवस्थित गर्न सकेको खण्डमा जलयात्रा को माध्यमबाट प्रशस्त पर्यटक भित्राउन सकिने नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनु भयो ।

 

मुनपाका आर्थिक संयोजक प्रकाश काफ्ले लाई राफ्टिड०को सन्चालन र अनुभबले थप उत्साह थपेको छ।ऊहॉका अनुसार "परम्परागत काम लाई भन्दा नयॉ नयॉ र प्रभाबकारी काम लाई जोड दिन जरूरी छ।प्राकृतिक सम्पदाले हामि धनी छौ,यी सम्पदा हरूको प्रयोगगरी यस क्षेत्रको बिकास  लाई अगाडि बढाऊन अन्य बिबिध कार्यक्रम सहित  राफ्टिड० लाई जोडेर अगाडि बड्न सकेमा यस क्षेत्रको आर्थिक तथा पर्यटकिय बिकास गर्न सक्छौ।"

 राफ्टिड०सन्चालनको लागि काठमान्डौ बाट आएका टोली नेता मानध्वज गुरूड०लाई के यो नदिमा  राफ्टिड.सन्चालन संभवछत?भनि सोधिएको हाम्रो जिज्ञॉसामा "कुनै कुनै ठॉऊमा पानीको बहाब केहि कमी भएता पनि समग्रमा उपर्युक्त लाग्यो,यस क्षेत्रको पर्यटन बिकासको लागि राफ्टिड०सफल हुन सक्छ।"

सामान्यतया दिनमा दुई पटक सन्चालन गरिने र प्रति एक पर्यटक संग बाट५० अमेरिकनब डलर लिन सकिने कुरा गुरूड०ले बताऊनु भयो।राफ्टिङ्गविद् टोलीले बढिघाट खोला राफ्टिङ्गको लागि योग्य रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png