२०७६ श्रावण १

अध्यक्ष प्रचन्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह

मनोरन्जन २०७६ बैशाख २६

अध्यक्ष प्रचन्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह

बैशाख२६,कास्की ढिकुरपोखरीमा जन्मनु भएका अध्यक्ष प्रचण्डले छिमेकी गाउँ हेङ्जाकी सीतासँग १५ वर्षको उमेरमा २०२६ सालमा मागी विवाह गरेका गर्नुभएको थियो ।दाहाल र पौडेल थरकी प्रचण्ड पत्नी सिताका परिवार पुख्यौली थलो कास्कीबाट बसाई सरेर चितवन झरे। चितवनमा पनि उहाँहरूको घर नजिकै थियो। विवाह भएको ५० वर्ष पुगेको अवसरमा छोरीहरू रेणु र गंगाले अपरान्ह ५ बजे खुमलटारस्थित एक पार्टी प्यालेसमा पुन–विवाह गराउने कार्यक्रम आयोजना गरेका हुन। विवाह समारोहमा महिलाहरुले पञ्चैबाजा बजाएका थिए ।

कार्यक्रममा आफन्त, पार्टीका केही नेता र मन्त्रीहरुलाई निम्तो गरिएको छ। विवाह समारोहमा प्रधानमन्त्री ओलीबाहेक उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, दीनानाथ शर्मा , स्थायी कमिटीका अधिकांश नेताहरु, केन्द्रीय समितिका सदस्यहरु, पार्टी कार्यकर्ता र प्रचण्डका नातेदार लगायतको सहभागिता रहेको थियो ।

दाहाल जोडीका चार सन्तानमध्ये रेणु भरतपुर महानगरकी मेयर हुनुहुन्छ भने अर्की छोरी गंगा निजी सचिवालयको जिम्मेवारी समाल्नु भएको छ । जेठी छोरी ज्ञानु र छोरा प्रकाशको भने निधन भइसकेको छ।

दाहालले झण्डै १३ वर्ष भूमिगत जीवन बिताउँदा प्रचण्ड पत्नी सिता पनि सँगै हुनुहुन्थो। दश वर्षसम्म चलेको जनयुद्धको नेतृत्व गर्नुभएका प्रचण्ड २०६२/०६३ को जनआन्दोलनपछि सुरू भएको शान्ति प्रक्रियापछि खुला राजनीतिमा आउनुभएको थियो ।

२०६४ सालको संविधानसभा निर्वाचनपछि बनेको सरकारमा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री बनेका बन्नुभएको थियो । त्यसको झन्डै नौ वर्षपछि दाहाल दोस्रो पटक प्रधानमन्त्री बनेका बन्नुभएको थियो । यतिवेला एमाओवादी र नेकपा एमालेबीच एकता पछि बनेको नेकपामा प्रचण्ड अध्यक्ष हुनुहुन्छ । पत्नी सीता बिरामी भएपछि उहाँलाई पछिल्लो समय अमेरिकामा उपचार गराइएको थियो। सीता पार्किन्सन्स रोगबाट पीडित हुनुहुन्छ । पछिल्लो समय सीताको शारीरिक अवस्था कमजोर बन्दै गएको छ। यस पुनः विवाहले सिता दाहालको स्वास्थ्य अबस्था सुध्रने र मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो । पुत्र प्रकाश दाहालको निधन भएपछि पुत्र शोकले सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आएको छ।

यस पुनः विवाहले सिता दाहालको स्वास्थ्य अबस्था सुध्रने र मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो । पुत्र प्रकाश दाहालको निधन भएपछि पुत्र शोकले सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png