२०७५ चैत्र १०

यस्तो सहकारी जसले एक अर्वको कारोवार गर्छ, राजश्व समेत ४० लाख तिर्छ  

तम्घास डेक्स  २०७५ मंसिर १५

यस्तो सहकारी जसले एक अर्वको कारोवार गर्छ, राजश्व समेत ४० लाख तिर्छ  

 

तम्घास डेक्स 
 गुल्मी, मंसिर 15। पछिल्लो दुई दशक यता जनता आफैले सहकारी संस्था सञ्चालन गरेर समृद्धिको दिशामा उन्मुख भएका छन गुल्मीका ग्रम्रिण स्थान देखि सदरमुकाम सम्म सयौं सहकारी संस्थामा जनताहरु झण्डै लाखौंको संख्यामा सहभागि भई व्यबसायित कृषि , पशु पन्छि र माछा पालन, अन्य ब्यवसाय गरेर आत्म निर्भर हुँदै आएका छन। 
  यस्तो उदाहरण दिने सहकारी संस्थाहरु मध्येको एक हो गुल्मीको सदरमुकाम तम्घासमा रहेको गुल्मी युनाईटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेड जसले बार्षिक एक अर्व बढिको कारोवार गर्दै आएको छ भने उसले राज्यलाई बर्षेनी झण्डै 40 लाख रुपैयाँ राजश्व तिर्दै आएको छ। 
  हाल रेसुङ्गा नगरपालिका वडा नम्वर 1 तम्घासमा बैङिक कारोवार गर्दै आएको उक्त संसथा 2065 सालमा 2 सय 50 जना अगुवाहरुले 20 हजारका दरले शेयर हालेर स्थापना भएको थियो। त्यस सहकारी संस्थाले शनिवार 11 औं बार्षिकोत्सव तथा साधरण सभा गरिरहँदा त्यस संस्थाका कोषाध्यक्ष रामप्रसाद पन्थीले बार्षिक एक अर्वको कारोवार 31 करोडको मौजुदा पुँजीको आर्थिक प्रतिवेदन पेश गरे।

   उनले पेश गरेको आर्थिक प्रतिवेदनमा 6 करोड 18 लाख 4 हजार 1 सय गत बर्षको चुक्ता पुँजी रहेको छ। यस बर्षको संकलन शेयर 55 लाख 50 हजार 9 सय रहेको छ। यस बर्षको अन्तिममा बाँकी शेयर पुँजी 6 करोड 64 लाख 65 हजार 7 सय रुपैयाँ रहेको छ। अघिल्लो बर्षको संस्थागत पुँजी 1 करोड 61 लख 26 हजार 9 सय 44 रुपैयाँ रहेको छ। यस बर्ष थप पुँजी 9 3 लाख 30 हजार 2 सय 38 रुपैयाँ संकलन भएको छ। 
  यस बर्षको उपभोग 70 लाख 9 7 हजार 8 सय 85 रुपैयाँ रहेको छ। त्यस्तै उक्त आर्थिक प्रतिवेदनमा विभिन्न खर्च आम्दानीको विवरण पनि सार्वाजानिक गरिएको छ सचिव यमकला पाण्डेको प्रतिवेदनमा यस आर्थिक बर्षमा कुल सदस्य संख्या 9 सज 37 जना रहेको, यस आर्थिक बर्षमा 13 जना थपिएको, त्यस मध्ये महिला 3 सय र वालवालिका 3 सय रहेको उल्लेख छ।

   बार्षिकोत्सवको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका छन कार्यक्रममा विभिन्न सहकारी संस्थाका सहकारीकर्मीहरुको सहभागिता रहेको छ। अध्यक्ष श्यामकुमार पाण्डेको अध्यक्षतामा चलिरहेको कार्यक्रममा उपाध्यक्ष गुणानिधी शर्माको स्वागत मन्तव्य र शिक्षा विभाग संयोजक डोरविक्रम श्रीसको सञ्चालन रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png