२०७६ मंसिर १

वामीटक्सार बजारमा सार्बजनिक परिक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न।

बिकास गतिबिधी २०७५ चैत्र १५

वामीटक्सार बजारमा सार्बजनिक परिक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न।

रामकृस्ण कंडेल 

चैत१५

खानेपानी तथा सरसफाई उपभोक्ता समिति मुसिकोट नगरपालिका वार्डनं७को आयोजनामा  वामीटक्सार बजारमा प्रथम सार्बजनिक परिक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ।प्रमुख अतिथी नगरप्रमुख शोमनाथ सापकोटाले सार्बजनिक सुनुवाई कार्यक्रममा वामीटक्सार बजारमा इतिहॉस देखिनै भोग्दै आएको खानेपानीको समस्या लाई यो आयोजनाले हल गर्ने बताऊनु भएको छ।यो निकै आबश्यक आयोजनाहो,यस लाई समयमै सम्पन्न गर्न जरूरी रहेको बतॉऊदै सबै ऊपभोक्ता हरूमा उत्साहाका साथ आयोजना सम्पन्न गर्ने जॉगरको खॉचो महसुस गरेका छौ नगर प्रमुख सापकोटाले बताऊनु भयो।"अवसर हरू प्रयाप्त छन,सदुपयोग गर्दै अगाडी बढौ"सम्बोधनको क्रममा प्रमुख अतिथीको आग्रह थियो।"दिर्घकालिन सोच र योजना नहुदा वामीटक्सार क्षेत्र करिब ७०बर्ष पछाडी परेको भन्दै अव बिगतका घटनाहरू बाट पाठ सिकेर अगाडी बड्न आबश्यक छ"ऊहॉको धारणा थियो।समयले कसै लाई नपर्खिने भन्दै साना तिना मत मतान्तर हरू बाट पछाडी नहट्न नगर प्रमुख सापकोटाले सम्बोधनको क्रममा सबै संग आग्रह गर्नु भयो।

    कार्यक्रमका बिशेष अतिथी नगरपालिकाका आर्थिक संयोजक तथा वार्ड अध्यक्ष प्रकाश काफ्लेले यो खानेपानी आयोजना वार्डनं ७को मात्रै नभएर नगरपालिकाकै गौरबको आयोजना भएको बताऊदै यस लाई सफल पार्न सबै मिलेर सहभागीहुन सबै संग आग्रह गर्नु भयो।यस आयोजनाको काम समयमै समपन्न गरी वार्डनं७का उपभोक्ताको घर घरमा पानीका धाराहरू पुर्याई वार्डबासी हरूमा खुसी ल्याऊन आफुहरू लागी परेको बतॉऊदै आयोजनाको काम द्रूत गतीमा बडेकोले आफुलाई उत्साह थपिएको बताऊनु भयो।

बिशेष अतिथी उधोग बाणिज्य संघ मुसिकोट शाखा अध्यक्ष शुदर्शन शाक्यले आयोजना लाई सफल पार्न सबै मिलेर अगाडी बढौ भन्नु भयो।     

    कार्यक्रममा मुसिकोट नगरपालिका वास संयोजक सिता भुसालले आयोजना सम्पन्न गर्नुपर्ने समय सम्म उपभोक्ता,समिति,सामान सप्लाई गर्ने जिम्मा पाएको ठेकदार लगायत आयोजना संग सम्बन्धित पक्ष हरूले अबलम्बन गर्नु पर्ने सम्पूर्ण नियम हरूको बारेमा सहजिकरण गर्नु भएको थियो।

  यस खानेपानी आयोजनाको सेवा क्षेत्र घरधुरी संख्या ३८३,जनसंख्या२२९८रहेको छ।योजनाको कुल लागत १२०६५१३१.६५रहेको छ।यो बर्ष मुसिकोट नगरपालिकाले बिनियोजित रकम५००००००।पचास लाख रहेको छ।उपभोक्ताको लागत साझेदारी३६१५५३९.३रहेको छ।हाल सम्म उपभोक्ता बाट ऊठेको नगद २१०५०००/एक्काईस लाख पॉच हजार रहेको समितीका सदस्य चुरामणी सापकोटाले जानकारी दिनु भयो। 

 नागरिक सुनुवाई कार्यक्रममा हाल सम्म आयोजनाको कार्य प्रगती लगायत उपभोक्ता हरूले उठाएका बिबिध जिज्ञॉसा हरूको बारेमा यस आयोजना हेरीरहनु भएका सब ईन्जिनीयर बिक्रम चुदाराले प्रस्ट पार्नु भएको थियो।

     उपभोक्ता समितिका अध्यक्ष हरिहर सापकोटाको अध्यक्षता,स्वागत मनतब्य उपाध्यक्ष भुवन बहादुर के सीले गर्नु भएको थियो साथै सचिब शुन्दर प्रधानको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्