२०७६ मंसिर १

दरमको पानी -जनताको लगानी

अर्थ २०७५ चैत्र ९

दरमको पानी -जनताको लगानी

चैत्र९

रामकृस्ण कंडेल

संगम सम्बृध्दी इन्भेस्टमेन्ट पब्लिक कम्पनी लिमीटेडको भेला मुसिकोट नगरपालिकाको वार्डनं९ पॉणथोक गुल्मीमा सम्पन्न भयो।दरमखोला हाईड्रो इनर्जिको सम्बन्धमा के कसरी यस परियोजनामा लगानी गर्ने भन्ने सन्दर्भमा संगम सम्बृध्दी कम्पनि लिमिटेडका कोषाध्यक्ष अर्जुन चोखालले बिस्तृत धारणा हरू राख्नु भएको थियो।आफ्नो घर ऑगन अगाडी बाट बगिरहेको नदि बाट बिधुत उत्पादनगरी देशको बिकास निर्माणको कार्यमा सहभागी हुने अवसर लाई सदुपयोग गर्न भेलामा उपस्थित सबै संग बिशेष आग्रह गर्नु भयो।कोषाध्यक्ष चोखालले समयले कसैलाई नपर्खिने हुनाले यस कार्य लाई अगाडी बढाऊन सबैले आ आफ्नो क्षेत्र बाट सहयोग गर्न अनुरोध गर्नु भयो।

संगम सम्बृध्दी इन्भेस्टमेन्ट पब्लिक लिमीटेडका सदस्य गंगा भुजेलले जल,जमीन र जंगलमा आम सर्बसाधरणको पहुच पूर्याऊन जरूरी रहेकोले यस बिधुत परियोजनामा पनी सर्बसाधरणको पहुच बडाऊन जरूरी रहेको धारणा ब्यक्त गर्नु भयो।

      कार्यक्रममा अर्लाड०कोट इन्भेस्टमेन्ट कम्पनी लिमीटेडका      अध्यक्ष तथा दरमखोला हाईड्रो इनर्जी बोर्ड सदस्य माधब खरेलले आयोजनामा सक्दो लगानी गर्न आग्रह गर्दै अब सामान्य अबरोधले काम नरोकिने भन्दै सबै मिलेर अगाडी बढौ पक्कै सफल हुन्छौ,सम्बोधनको क्रममा खरेलले ब्यक्त गर्नु भयो।संगम सम्बृध्दी पब्लिक कम्पनी लिमीटेडका ऊपाध्यक्ष तिलक के सी,सहकोषाध्यक्ष देबराज खरेल,रेणु सापकोटा,डिल्लीराज खरेलले बिशेष मन्तब्य राख्नु भएको थियो।

      भेलामा उपस्थित सहभागिहरूको तर्फ बाट खड्ग बहादुर के सी,कालिदास खरेल,वार्ड सदस्य संकर परियार,बाबुराम खरेल,शिब बहादुर गुरूड०लगायतले महत्वपूर्ण सुझाब हरू सहित जिज्ञॉसा हरू राख्नु भएको थियो।

सहकारी र कम्पनी बिचको आगामी यात्रा के कस्तो तय गर्ने सम्बन्धमा छलफलको लागी भेला आयोजना गरिएको थियो।ईच्छुक लगानी कर्ता हरूले दस हजार देखि बिस लाख सम्म लगानी गर्न पाईने र यसका लागी आर्थिक समिती संग सम्पर्क गर्न सकिने निर्णय समेत गरिएको छ।गुल्मी र बागलुङको सीमा क्षेत्र गल्कोट नगरपालिका–११ रिघामा करिब २ अर्बको लागतमा ९.६ मेगावाट क्षमताको विद्युत् उत्पादनको काम तीव्र गतिमा भइरहेको छ ।

१ अर्ब ८८ करोडको लागतमा विद्युत् उत्पादनको काम भइरहेको छ । सिभिल वर्कको ठेक्का रामेछाप शेर्पा कन्सट्रक्सनले लिइरहेको छ भने हाइड्रो मेकानिकल कामको जिम्मा नर्थ हाइड्रोले पाएको छ । करिब १६ महिनाको अवधिमा विद्युत् उत्पादनको काम पूर्ण गरी केन्द्रीय प्रसारणलाइनमा जोडिने छ ।  निर्माण थालिएको सो आयोजनाको बाँध निर्माणको काम दुई महिनादेखि तीव्र गतीमा भइरहेको छ ।       

   कार्यक्रमको  अध्यक्षता आर्थिक समितीका अध्यक्ष रामकृस्ण कंडेलले र सन्चालन आर्थिक समिती सचिब यज्ञमूर्ती सापकोटाले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्