२०७५ माघ १०

        सिमिचौर साना किशानले ग¥यो एक बर्ष मै  २५ लाख बचत 

        तम्घास न्युज डेक्स  २०७५ मंसिर १५

         सिमिचौर साना किशानले ग¥यो एक बर्ष मै  २५ लाख बचत 


        तम्घास न्युज डेक्स 
गुल्मी, मंसिर–१५ ।    गुल्मीको सिमिचौर साना किशान कृषि सहकारी सस्था स्थापना भएको एक बर्ष नपुग्दै त्यहाँका अधिकांस महिलाहरुले २५ लाख भन्दा बढि रकम संकलन गर्न सफल भएका छन ।  शनिवार प्रारम्भिक साधरण सभा मार्फत  उक्त रकम बचत गर्न सफल भएको संस्थाले जानकारी गराएको हो । संस्थाको  प्रगति विवरण प्रस्तुत गर्दै ब्यवस्थापक जमुना घिमिरेले  एक बर्षको दौरानमा ४ सय ३३ जना शेयर सदस्य बनेको , ६५  वटा अन्तर समुह र ९ वटा अन्तर समुह रहेको जानकारी गराईन ।
   आगमी बार्षिक कार्यक्रम अन्तर गत समुहलाई  यस बर्ष बृद्धि गरी क्रमशः ९३ र १३ बनाउने , सदस्य संख्या ७ सय ६८ जना पुराउने लक्ष्य लिएको बताईन । त्यस्तै शेयर रकम १३ लाख ७४ हजार  रहेकोमा यस बर्ष बढाएर २० लाख पुराउने , सामुकि बचत ४ लाख ३६ हजार ४ सय रहेकोमा यस बर्ष बढाएर १४ लाख पुराउने लक्ष्य लिएको बताईन । 


  ब्यक्तिगत बचत १४ लाख ७ हजार ५ सय रहेकोमा यस बर्ष २० लाख पुराउने , ऋण लगानी २४ लाख ५ सय रहेकोमा बढाएर ७० लाख पुराउने र कृषि बिकास कार्यालय मार्फत १ करोड ऋण लिएर किशानका लागि उन्नत विउ विजन ..( केयुविके ) कार्यक्रम सञ्चालन गरी कृषिबाट जिवन स्तरमा सुधार ल्याउने लक्ष्य रहेको बताईन ।
   साविकको सिमिचौर गाविस र हाल रेसुङ्गा नगरपालिका वडा नम्वर १० र ११  कार्य क्षेत्र रहेको त्यस साना किशान कृषि सहकारी संस्था लिमिटेड स्थापना गर्न र त्यहाँका किशानलाई जागरुक बनाउन पहल गरेका क्रमशः दुबै वडाका वडाध्यक्ष पदम अर्याल र खुमबहादुर रानाले छोटो अवधी मै यहाँका किशान दिदी  वहिनीमा आएको जागरुकता  र बचत गर्ने बानीले आफुहरु उत्साहित भएको र भविश्यमा यसै कृषि सहकारी संस्था मार्फत आफुहरुले अन्य कार्यक्रम समेत पारेर किशानहरुको मुहार फेर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
  
   जिल्ला सहकारी संगका जिल्ला अध्यक्ष हरिप्रसाद छन्त्यालले शाना किशान सहकारी मार्फत कृषकहरुमा आएको परिवर्तनले आफुहरुलाई उत्साह जागेको बताउँदै २४ वटा यस्ता संस्था हाल सम्म संघमा आवध रहेकोमा यस बर्ष ३० वटा संस्था आबद्ध गराई समन्व्य गर्ने जानकारी दिए ।
  
   कार्यक्रमका प्रमुख अतिथी रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले साना किशान कृषि सहकारी संस्था मार्फत सिमिचौरवासीमा आएको परिवर्तनले नगरपालिकाबाट पनि विभिन्न कार्यक्रम पार्न आफुलाई उत्साहित पारेको बताए । संस्थाकी अध्यक्ष कमला सारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विष्णु कुँवरको स्वागत मन्तव्य र लक्ष्मी भट्टराइको  सञ्चालन रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png