२०७५ चैत्र १०

पाल्पा बुटवल मंसिर १७ देखि १९ गते सम्म बन्द हुने

प्रेम  सुनार २०७५ मंसिर १५

पाल्पा बुटवल मंसिर १७ देखि १९ गते सम्म बन्द हुने


बुटवल , मंसिर १५ ।  मंसिर १७ गते देखि १९ गते सम्म पाल्पा बुटवल सडक खण्ड स्तरोन्नति हुने भएकोले  तीन दिन सम्म बन्द हुने भएको छ ।  सो सडक खण्डको तिनउ गाउँपालिका दोभानको चिडियाखोला देखि भुतखोला खण्डमा उक्त दिन सडक बन्द हुने भएको हो । 
  बिहान १० बजे देखि साँझ ४ बजे सम्म केराबारी देखि चिडिया खोला सम्म अत्याअश्यकीय सवारी साधन बाहेक अन्य सवारी साधन पुर्णरुपमा बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाका सृुचना अधिकारी पवित्रमणि आचार्यले  जानकारी दिए ।
   त्यस सडक खण्डमा खसेको ढुङ्गा हटाउनु पर्ने र अन्य स्थानमा मर्मत गर्नु  पर्ने भएकोले विरामी बोकेका एम्वुलेन्स बाहेक दैनिक ६ घण्टा सम्म बन्द गरिने आचार्यले बताए ।  त्यस सडक खण्डको शिद्धबाबा देखि पाल्पा दोभान सम्म ढुङ्गा खसेर पटक पटक ठुलो मानविय क्षति हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png