२०७६ मंसिर १

मुसिकोट नगरपालिका भित्र एकिकृत बस्ती बनाऊछौ:मेयर सापकोटा

अर्थ २०७५ चैत्र १४

मुसिकोट नगरपालिका भित्र एकिकृत बस्ती बनाऊछौ:मेयर सापकोटा

चैत१४

रामकृस्ण कंडेल

मुसिकोट नगरपालिकामा एकिकृत बस्तीको कार्यक्रम आबश्यक रहेकोकुरा नगरप्रमुख शोमनाथ सापकोटाले बताऊनु भएको छ।मुसिकोट नगरपालिका वडा नं.७ मा एकिकृत वस्ति विकास सम्बन्धि  जनप्रतिनिधी ,इन्जिनियर र आम नागरिकहरुबिचको छलफल कार्यक्रममा नगरप्रमुख सापकोटाले उक्त कुरा बताऊनु भएको हो।आज वामी जिपपार्क,मु.न.पा.७ गुल्मीमा आयोजित कार्यक्रममा मुसिकोट नगरपालिका प्रमुख शोमनाथ सापकोटाले प्रमुख अतिथीको रूपमा मन्तब्य राख्दै "नगरको दिगो बिकास लाई मध्यनजर गर्दै नेपाल सरकारको कार्यक्रम संग मेल खाने एकिकृत बस्ति सम्बन्धी कार्यक्रम लाई मुसिकोट नगरपालिकाले अगाडी बढाऊन यस कार्यक्रमको आयोजना गरेका छौ।"नगर भित्र शुन्दर घर हरू सस्तो मूल्यमा तयार गर्न पनी यो नमुना बस्ती कार्यक्रम आबश्यक छ नगर प्रमुख सापकोटाले कार्यक्रममा उपस्थित नगरबासी हरू संग आग्रह गर्नु भयो।तराई तिर जग्गा दलाल हरूले जग्गा प्लटिड०गर्छन,पानी बिधुत लगायतका सुबिधा हरू उनी हरूलेनै पूर्याएका हुन्छन तर पहाडी क्षेत्रमा भने स्थानीय सरकारले गर्न आबश्यक देखियो नगर प्रमुख सापकोटाको तर्क थियो।

ईन्जिनियर शिब भुसालले पहिले सेवा सुबिधा भित्राऊने अनि बल्ल घरहरू बनाऊनु राम्रो हो भन्दै नगर लाई शुन्दर बनाऊनको लागी एकिकृत बस्ती योजना उपर्युक्त छ भन्नु भयो।

ईन्जिनीयर भुसालले हाम्रो समाजको बिकास हामी आफै गर्ने हो भन्दै एकिकृत नमुना वस्ती निर्माण गर्दा "स्थानिय सामाजीक मूल्य र मान्यताहरू लाई जोगाऊदै अगाडी बड्नेहो"ऊहॉको तर्क थियो।एकिकृत बस्तीको मोडल अनुसार अगाडी बड्दा निर्माण कार्य सस्तो पर्न जान्छ।

  "नगरपालिका भित्रका बस्ति हरूको आकर्षण,परम्परागत घर निर्माण शैलिमा सुधार लगायतका महत्वपूर्ण कुराहरूमा परिबर्तन गर्न सकिएमा सस्तो मूल्य र ब्यबस्थित रूपमा शुन्दर नगर बनाऊन सकिन्छ भन्ने आत्मबल हामीमा बढेको छ"मुसिकोट नगरपालिका आर्थिक संयोजक तथा कार्यक्रमका अध्यक्ष प्रकाश काफ्लेले बताऊनु भयो।

एकिकृत बस्ति बिकास सम्बन्धमा सबै क्षेत्रको एऊटै बुझाई बनाई अगाडी बढ्न यस प्रकारको कार्यक्रम आयोजना गरिएको काफ्लेको दावि छ।

छलफल कार्यक्रम पश्चात यस बिषयमा एकिकृत बस्ती को डि पि आर शुरू गर्ने लगायत बिबिध निर्णय हरू भएको हरिहर सापकोटाले जानकारी दिनु भयो।

 हरिहर सापकोटाको सन्चालन रहेको कार्यक्रमको अध्यक्षता वार्ड अध्यक्ष प्रकाश काफ्लेले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्