२०७६ मंसिर १

गुल्मीमा जिप दुर्घटना २ को मृत्यु ३ घाइते

गुल्मीमा जिप दुर्घटना २ को मृत्यु ३ घाइते २०७६ कार्तिक १३

गुल्मीमा जिप दुर्घटना २ को मृत्यु ३ घाइते

तिलाचन पाण्डे
कात्तिक 13, 2076 गुल्मी ः गुल्मीमा जिप दुर्घटना हुँदा 2 जनाको घटना स्थलैमै मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। लु 1 च 3514 नं को जिप मुसिकोट नगरपालिका वडा नं 9 को दाङसिङबाट ददल्का तर्फ जादै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ मृत्यु हुनेमा वडा नं 9 का अन्दाजी 70 बर्षिय राम प्रसाद खरेल र अन्दाजी 45 बर्षकी नाम नखुलेकी महिला रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलले जानकारी दिए घाइतेहरुमा मुसिकोट नगरपालिका वडा नं 7 का 24 बर्षिय भानुभक्त पौडेल, 8 बर्षिय सोनिया बिक, 26 बर्षकी बिष्णु बिक रहेका छन्। घाइतेहरुको बाग्लुङको हटियामा उपचार भइरहेको घलेले जनाए। जिपका चालक ज्ञान बहादुर बिक फरार रहेका छन् उनको खोजी कार्य जारी रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्