२०७५ चैत्र १०

एसियन लाइफको खुद नाफा ७% ले बढ्यो, ६०% हकप्रद पनि आउँदै।

बिमा बजार २०७५ मंसिर २

एसियन लाइफको खुद नाफा ७% ले बढ्यो, ६०% हकप्रद पनि आउँदै।

काठमाडौ: एसियन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा 1 करोड 6 9 लाख 44 हजार 515 रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष भन्दा नाफा 7% धेरै हो। गत वर्ष एसियनले 1 करोड 58 लाख 2 9 हजार 178 रुपैयाँ खुद नाफा कमाएको थियो। कुल बिमा शुल्क आर्जन पनि 68 करोड 9 2 लाख 9 4 हजार रुपैयाँ पुगेको छ।

गत वर्ष एसियनले 55 करोड 33 लाख 86 हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको थियो। यसैगरी, कम्पनीले कुल 9 4 करोड 50 लाख 5 9 हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ। दाबी भुक्तानी हुन बाँकी रकम 1 करोड 70 लाख 57 हजार छ।

   

चुक्ता पुँजी 1 अर्ब 25 करोड 67 लाख 25 हजार 471 रुपैयाँ रहेको एसियनको रिजर्भ कोषमा 26 करोड 68 लाख 70 हजार 136 रुपैयाँ छ। गत वर्ष कम्पनीको चुक्ता पुँजी 80 करोड 55 लाख 9 3 हजार 240 रुपैयाँ थियो। 

  

बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन प्रयासरत रहेको यस कम्पनीले ६०% हकप्रद ल्याउने तयारी गरिरहेको छ । ६०% हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । यसका लागि एसियनले एनआइबीएल एसलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।  

 एसियन लाइफको गत जेठ १९ गते सम्पन्न साधारण सभाले १ः०.६ अनुपातमा ७५ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । यसआधारमा कम्पनीले ७५ लाख ४० हजार कित्ता हकप्रद ल्याउनेछ । हकप्रदपछि मात्र एसियनको चुक्ता पुँजी २ अर्व १ करोड रुपैयाँ पुग्नेछ । 

   यसैगरी, एसियन लाइफको जीवन बिमा कोषमा १३ अर्ब ८८ करोड ८५ लाख १९ हजार रुपैयाँ छ । जीवन बिमा कोषमा गत वर्ष १० अर्ब ७३ करोड ४७ लाख रुपैयाँ थियो । यस आधारमा जीवन कोषको आकार पनि क्रमशः विस्तार हुँदै गएको देख्न सकिन्छ । 

  एसियनले महाविपत्ति जगेडा कोष पनि 3 करोड 46 लाखबाट बढाएर 3 करोड 72 लाख 4 9 हजार 887 रुपैयाँ पुर्याएको छ। प्रतिसेयर आम्दानी 1 रुपैयाँ 35 पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ 121 रुपैयाँ 24 पैसा छ।

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png