२०७६ मंसिर १

आत्मनिर्भर बनाउने अभियान सहित गुल्मीमा सिटिजन लाइफको बृहत कार्यक्रम

राजेन्द्र पन्थी , गुल्मी २०७६ जेष्ठ १९

आत्मनिर्भर बनाउने अभियान सहित गुल्मीमा सिटिजन लाइफको बृहत कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्स गुल्मी शाखाले आयोजना गरेको क्षमता विकास तालिम तम्घासमा सम्पन्न भएको छ बेरोजगारी समस्यालाइ निर्मुलिकरण पारी आत्मनिर्भर बनाउने अभिप्रायले संचालन गरिएको उक्त तालिममा १५३ जनाको सहभागिता रहेको थियो। उक्त तालिमको उद्घाटन सत्रमा गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष - श्रीप्रसाद भलामीको प्रमुख आतिथ्यता रहेको थियो भने समापन कार्यक्रममा धुर्कोट गाउँ पालिका प्रमुख भुपाल पोखरेलको रहेको थियो साथै उक्त तालिममा रेसुङा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष , बिधालयका शिक्षक AM,UM, सक्रिय अभिकर्ता आदिको सहभागिता रहेको उक्त तालिमको प्रमुख प्रशिक्षकको रुपमा पध्मकन्या क्याम्पसका प् ाध यापक एवं अन्तराष्ट्रिय ख्याती प्राप्त प्रशिक्षक टुक बहादुर राना, कम्पनीका मध्य पश्चिम प्रवन्धक सुनिल पोखरेल,त्यसैगरी गुल्मी शाखाका शाखा प्रमुख दिपक पोखरेल लगाएतले कार्यक्रममा बोल्दै कम्पनीको उद्देश्य र बिमा बजारमा सिटिजन लाइफले गरेका उल्लेखनीय कार्यको बारेमा बताउनु भएको थियो देशमा बढ्दै गएको बिद्यमान बेरोजगारी समस्याबाट बाहिर निस्की म केही गर्न सक्छु , भनी आत्मनिर्भर बन्ने उद्देश्यले संचालित उक्त तालिम निक्कै प्रभावकारी रहेको सहभागीले बताएका छ्न ।                                         

प्रतिक्रिया दिनुहोस्