२०७६ मंसिर १

वृक्षारोपण गरि ४५ औं विश्व वातावरण दिवस गुल्मीमा सम्पन्न

राजेन्द्र पन्थी , गुल्मी २०७६ जेष्ठ २२

वृक्षारोपण गरि ४५ औं विश्व वातावरण दिवस गुल्मीमा सम्पन्न

४५ औ विश्व  वातावरण  दिवस आज गुल्मीमा वृक्षारोपण तथा झाडी सरसफाइ गरि मनाइयो ।
रेसुङ्गा नगरपालिका वडा न  ९ मा अवस्थित बाल उद्धान केन्द्र परिसरमा बृक्षा रोपण तथा झाडी सरसफाइ गरि सप्पन्न भएको हो ।
 विश्व पर्यावरणप्रति विश्वस्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन सुरु गरिएको हो।

विश्व वातावरण दिवसको यो वर्षको नारा ‘स्वच्छ वायु, स्वस्थ जीवन’ तय गरिएको छ। वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को जुन ५ देखि जुन १६ सम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो।

 विश्व वातावरण दिवसका अवसरमा आयोजित वृक्षारोपण कार्यक्रममा शुभकामना सन्देश दिँदै कार्यक्रममा बोल्ने अधिकाम्सले  विकास र वातावरणबीच सन्तुलन हुनसके मात्र हामीले हासिल गर्ने उन्नति दिगो र मानव उपयोगी हुने उल्लेख गर्नुभएको छ।

वृक्षारोपण कार्यक्रम जिल्ला युवा समिति गुल्मी र रेसुङ्गा युवा क्लबको संयुक्त आयोजनामा सप्पन्न भएको हो ।
 

प्रतिक्रिया दिनुहोस्