२०७६ मंसिर १

सहकारीकै माध्यम बाट देश लाई समृध्दी:मेयर शोमनाथ सापकोटा

कृषि २०७६ जेष्ठ ११

सहकारीकै माध्यम बाट देश लाई समृध्दी:मेयर शोमनाथ सापकोटा

जेठ११,वामीटक्सार

रामकृस्ण कंडेल

कृषि सहकारी संस्था,वामीले आज एक बिशेष कार्यक्रम आयोजना गरी आफ्नो सातौ साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ।कार्यक्रमलाइ सम्बोधन गर्दै नगरप्रमुख शोमनाथ सापकोटाले  सहकारीकै माध्यम बाट देश लाई समृध्दीको बाटोमा अगाडि बडाऊन सकिने धारणा ब्यक्त गर्नु भएको छ।कृषि सहकारी संस्था,वामीको साधारण सभा लाई संबोधन गर्दै सहकारीको महत्व लाई प्रकाश पार्दै सबै नगरबासी हरू सहकारीमा आबध्द भई नमुना कार्य हरू अगाडि बढाऊन नगर प्रमुख सापकोटाले सबैमा आग्रह समेत गर्नु भयो।

संस्थाको साधारण सभाले तेज नारायण सापकोटाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको बताईएको छ।जसको उपाध्यक्ष चुमा घर्ती, सचिबमा राजन सापकोटा, कोषाध्यक्ष माया खराल चयन हुनु भएको छ।प्रेम शाक्य ऋण समितिको संयोजक र चन्द्र घर्ती मगर लेखा समिति संयोजक छनौट हुनु भएको छ।चन्द्र घर्ती मगरको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन भएको छ । निबर्तमान अध्यक्ष नारायण सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता र चन्द्र बहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्