२०७५ माघ १०

स्याउ फार्म उद्घाटन गर्दै प्रधानमन्त्रीले भने ‘यो सुन्दर प्रयासलाई सबै नेपाली समक्ष पुर्‍याउनु’

नेपाल सन्देश.कम २०७५ आश्विन २५

स्याउ फार्म उद्घाटन गर्दै प्रधानमन्त्रीले भने ‘यो सुन्दर प्रयासलाई सबै नेपाली समक्ष पुर्‍याउनु’

मनाड।, 25 असोज, प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिका -1 भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्म उद्घाटन गरे लटरम्म फलेका स्याउ हातमा लिँदै प्रधानमन्त्रीले भने, 'सञ्चारकर्मी साथीहरु, यो सुन्दर प्रयासलाई सबै नेपाली समक्ष पुर्याउनु। ताकी उनीहरु सफल व्यवसायी र उद्यमी बन्न सकुन्। स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम एग्रो मनाङले गरेको भन्दै प्रधानमन्त्रीले आधुनिक प्रविधिको प्रयोग गरी कृषि क्षेत्रबाट उद्योगतर्फ जान सकिने विचार व्यक्त गरे .उनले सरकारले यो वर्ष स्याउ कृषकका लागि 10 करोड अनुदान दिएको र एक लाख स्याउ बिरुवा वितरण गर्ने योजना रहेको बताए .एग्रो मनाङका अनुसार नेपालमा स्याउको मात्रै करिब 14 अर्व रुपैयाँको बजार छ। जस मध्ये अधिकांश हिस्सा भारतीय स्याउको छ।एग्रो मनाङका प्रवन्ध निर्देशक युवराज गुरुङले अब यो बजार आफ्नै बगानमा उत्पादन भएको स्याउले हस्तक्षेप गर्न चाहेको बताए .अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले सुशासन र विकासको बाटोबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको लक्ष्य रहेको भन्दै विकट र असुरक्षित स्थानमा विकास गर्न कठिनाइ हुने भएकाले त्यस्ता बस्तीलाई सारेर एकीकृत बस्ती बनाउनुपर्नेमा जोड दिए। मनाङका प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले स्थापना गरेको स्याउ बगैँचामा 68 हजार स्याउका बिरुवा छन्। आगामी वर्ष 10 हजार बिरुवा थप्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png