२०७६ असार १०

मुसिकोट नगरपालिकाद्वारा ५०% अनुदानमा हाते ट्याक्टर र घाँस काट्ने मेसिन बितरण

राजेन्द्र पन्थी २०७५ मंसिर १८

मुसिकोट नगरपालिकाद्वारा ५०% अनुदानमा हाते ट्याक्टर र घाँस काट्ने मेसिन  बितरण

मुसिकोट नगरपालिकाले ५०% अनुदानमा हाते ट्याक्टर र च्यापटर बितरण गरेको छ ।
किसानहरुको सहजता , काममा तीव्रता तथा किसानको फाइदाको लागि भन्दै मुसिकोट नगरपालिका भित्रका प्रत्येक वार्डमा रहेका विभिन्न कृषि समुह तथा फर्महरुलाई हाते  ट्याक्टर र घाँस काट्ने मेसिन च्यापटर बितरण गरेको नगरपालिकाले बताएको छ ।
७५,०००  मूल्य पर्ने हाते ट्याक्टर समुहले सहजै ३७,५०० तिरी प्राप्त गर्न सकिने बताइएको छ । पछिल्लो समय युवा जनशक्ति कामको शिलशिलामा बाहिरिए सङसङ्गै गाउँ घरमा काम गर्ने जनशक्ति निकै कम देखिन्छ । खेत बारीमा काम गर्ने खेतलाको अभाव देखिए सङ्गै हाते ट्याक्टर प्रत्येक वार्ड वार्डमा भित्रिदा किसानलाइ थप फाइदा पुग्ने किसानहरुको भनाइ रहेको छ । एउटै मात्र किसानले छोटो समयमा जोत्ने , सम्माउने लगायतका धेरै काम गर्न सकिने हुनाले पनि अलि बढी प्रभावकारी मानिएको छ। त्यस्तै वार्ड न ७ निवासी कृषक कर्ण बहादुर रानाले हाते ट्याक्टर पाएको खुसी व्यक्त गर्दै हाते ट्याक्टर सङ-सङ्गै बिग्रीएमा बनाउने प्राविधिक पनि उत्पादन गर्न सके अझै सुनमा सुगन्ध हुने बताउनु भयो ।
हरियो घासलाइ पेलेर पशु चौपायालाई खुवाउन सजिलो होस भन्ने हेतुले विभिन्न स्थानमा रहेका कृषक समूह ,बाख्रा तथा गाई फर्महरुलाई लक्षित गरि घाँस काट्ने मेसिन च्यापटर वितरण गर्न लागेको मुसिकोट नगरपालिकाका पशुशेवा शाखा प्रमुख रुमाखर मरासिनीले बताउनु भयो । मुसिकोट नगरपालिकाका विभिन्न स्थानहरु बाट २२ थान च्यापटर माग भइ आएता पनि अहिले १३ वटा च्यापटर वितरण गर्न लागिएको मरासिनीले जानकारी दिनु भयो । करिब ३८,००० मूल्य पर्ने उक्त च्यापटरलाई कृषकले आधामात्र पैसा रु १९,००० तिर्नु पर्ने र अन्य रकम नगरपालिकाले तिर्ने ब्यावस्था रहेको बताइएको छ । यसरी कृषि प्रणालीमा  सुधार तथा कृषकलाई सहज हुने थप कार्यक्रम समेत ल्याइने बताउदै मुसिकोट नगरपालिकाका आर्थिक बिकास समिति संयोजक प्रकाश काफ्लेले बितरित हाते ट्याक्टर तथा च्यापटरले धेरै किसानहरु लाभान्वित हुने तथा थप उर्जा थपिने समेत बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png